अपडेट 
२०८० श्रावण २६, शुक्रबार १२:५५

धनुषामा छोराको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीले छोराको हत्या गरेको आरोपमा बिहीबार मिथिला नगरपालिका–३ हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको टोलीले महतोलाई उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्याल्य धनुषाले जानकारी दिएको छ ।  २०६० मङ्सिर ४ गते १७ वर्षीय छोरा सोलिदर महतोलाई घाँटीमा गम्छा बेरेर हत्या गरेको आरोप महतोमाथि लागेको छ ।

प्रहरीका अनुसार घटनापश्चात फरार रहेका महतोलाई घर आएको बेला नियन्त्रणमा लिइएको हो । महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News