अपडेट 
२०८० श्रावण २६, शुक्रबार १४:५०

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध विशेष अपरेशन शुरु गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डा. पुनम थापा चौधरीलाई पनि पक्राउ गरेको छ । डा. चौधरी सुमेरु सिटी अस्पतालमा कार्यरत थिइन् ।

ब्युरोले यसअघि सात जनालाई पक्राउ गरिसकेको छ । चौधरीसहित पक्राउ पर्नेको सङ्ख्या आठ जना पुगेको छ । सीआईबीले हिजो बिहीवार मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनील शर्मालाई पनि पक्राउ गरेको थियो ।

मेडिकल कलेजको सम्बन्धन, सिट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहने शर्माको आईएस्सीको प्रमाणपत्र नक्कली देखिएकाले अनुसन्धानका लागि पक्राउ गरेको सीआईबीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News