अपडेट 
२०८० श्रावण २६, शुक्रबार १५:२५

निजी विद्यालय सञ्चालकहरुले गर्दै आएको सबै आन्दोलनको कार्यक्रमहरु हाललाई स्थगित भएको छ ।

संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकले निजी विद्यालयहरुलाई बाइबास गरेको भन्दै आन्दोलित निजी विद्यालय सञ्चालकहरूले आन्दोलन स्थगित गरेको हो ।

आन्दोलन स्थगित भएसँगै आइतबारदेखि विद्यालय बन्द नहुने प्याब्सनका अध्यक्ष बीपी ढुंगानाले बताए ।  उनले सरकारसँग वार्ता भइरहेको  बताए ।

निजी विद्यालयमारा शिक्षा विधेयक ल्याइएको भन्दै सञ्चालकहरू आन्दोलित भएका थिए । बुधबार प्याब्सन, हिसान र नेसनल प्याब्सनले पत्रकार सम्मेलन गरेर चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो । शिक्षा विधेयक नसच्याए आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका थिए ।

प्याब्सन, हिसान र नेसनल प्याब्सनको संयुक्त आन्दोलनमा शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने नियत राखिएको टिप्पणी गरिएको थियो ।

आफूहरू गुठीमा रुपान्तरण हुन तयार रहेको भन्दै लगानीको सुरक्षाको प्रत्याभूति खोजेको सञ्चालकहरूको भनाइ थियो ।

Comment


Related News

Latest News

Trending News