अपडेट 
२०८० श्रावण २६, शुक्रबार १५:२८

कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएको छ । जसपाकी सांसद निर्मला लिम्बू स्वास्थ्यमन्त्री बनाइने भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्रीको उद्धव थापाले नामकरणसँग असन्तुष्ट पक्षको माग वार्ता तथा संवादको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने भएको हो ।

निर्मलालाई आज ३ बजे पद तथा गोपनीयताको शपथ गराइने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसअघि मुख्यमन्त्री उद्वव थापाले पत्रकार सम्मेलन गर्दै प्रदेशसभाले कोशी प्रदेश नामकरण गर्ने निर्णय गरेपछि उठेको आन्दोलन र मागका विषयमा सरकार जानकार रहेको भन्दै वार्ता तथा सहमतिको सम्भावना रहेको बताए ।
उनले जायज माग पूरा गर्न सरकार तयार रहेको भन्दै सहयोग गर्न दल तथा आन्दोलनरत पक्षसँग अपिल गरेका थिए ।

Comment


Related News

Latest News

Trending News