अपडेट 
२०८० श्रावण २७, शनिबार ०९:३५

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न र गरीब विपन्नलाई स्वास्थ्य उपचारमा सहुलियत गर्न नेपाली कांग्रेस मधेश प्रदेश स्वास्थ्य विभागले मुख्यमन्त्री सरोज कुमार यादवलाई ध्यानाकर्षण गराएका छन् ।

विभागले शुक्रबार मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाउदै मधेश प्रदेशका स्वास्थ्यको क्षेत्रमा देखिएको समस्या तथा गरीब विपन्न वर्गको उपचारमा आर्थिक सहयोग गर्न माग गरेको छ । विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित दक्षिण–पूर्व एशिया क्षेत्रमा सर्वव्यापी स्वास्थ्य पहुँच र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्यको प्रगति सम्बन्धी प्रतिवेदन २०२१ ले नेपालमा स्वास्थ्य उपचारमा हुने खर्चका कारण प्रत्येक वर्ष ३० लाख जनाले आर्थिक कठिनाइ भोग्नुपरेको तथ्य सार्वजनिक गरेको छ ।

त्यस्तो,अवस्थामा मधेश प्रदेशमा गरिबीको संख्या उच्च रहेको र यहाँका गरीब विपन्नले आर्थिक अभावका कारण उचित उपचार पनि गराउन नसकिरहेको अवस्थामा ती वर्गलाई क्यान्सर, मिर्गौला, मुटु, फोक्सो, मस्तिष्क जस्ता अङ्गमा रोग उपचारमा आर्थिक सहयोग गर्न विभागले माग गरेको छ । मधेश प्रदेशमा मजदूरी गरेर आफ्नो जीविकाआर्जन गरिरहेका सर्वसाधारण नागरिकहरूले कडा प्रकृतिका रोगका लागि उपचार गर्न अत्यन्तै कठिनाइ भइरहेको अवस्थामा मधेश प्रदेशले यस्ता प्रकारको रोगको उपचारका लागि संघीय तथा अन्य प्रदेश सरकारले व्यवस्था गरे भन्दा थप आर्थिक सुविधा उपलब्ध गराइ सहज उपचार गराउनु कानुनी व्यवस्था गर्नुपर्ने विभागको माग रहेको छ ।

मधेश प्रदेशमा गर्मी तथा वर्षायामको समयमा डेंगु तथा आँखा पाक्ने रोगको प्रकोप बढेकोले त्यसलाई नियन्त्रणका लागि प्रदेश सरकारले विशेष पहल गर्नुपर्ने तथा स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने विभागले सरकारलाई सुझाएको नेपाली कांग्रेस मधेश प्रदेश सूचना संचार तथा प्रचारप्रसार विभागका प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News