अपडेट 
२०८० श्रावण २७, शनिबार ०९:४७

देशका धेरै ठाउँमा बिहानैदेखि पानी परेको छ ।

अहिले सामान्य वर्षा भए पनि दिउँसादेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाले पर्सि सोमवारसम्म नै देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी/पहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । नेपालमा अहिले दुईथरी न्यूनचापीय प्रणालीको प्रभाव छ ।

मनसुनको मुख्य न्यूनचापीय रेखा नेपाल नजिक आइपुगेको छ । यसका साथै भारतको बिहारको उत्तरपश्चिम तथा आसपासमा रहेको अर्को न्यूनचापीय प्रणालीको उच्च प्रभाव रहेको महाशाखाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News