अपडेट 
२०८० श्रावण २७, शनिबार १८:४८

एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रवार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो ।

दुवै जनाको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अध्यागमन विभागले नाम जुधेर शङ्का लागेका कारण दुवै जनालाई नियन्त्रणमा लिएको हो, सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता नदेखिए पछि रिहा भएका छन् ।’

शुक्रवार बिहान चीन जान लागेको समयमा राजस्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमन विभागले जियाइलियन र फुयानलाई विमानस्थलबाट नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाएको थियो ।

Comment


Related News

Latest News

Trending News