
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले जनकपुरधाममा शिक्षा ऐन परिमार्जन गर्न माग गर्दै रैली निकालेको छ ।
समितिको केन्द्रीय कार्यसमितिले तय गरेको देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत जनकपुरधाममासमेत ¥याली निकालिएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका प्रदेश अध्यक्ष नरेश अगुवाइमा शिक्षा ऐन परिमार्जनको माग गर्दै नारावाजी गर्दै ¥याली निकालिएको थियो । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले विभिन्न माग राख्दै देशव्यापी रुपमा सडक संघर्षका कार्यक्रमहरु गरिरहेको छ । समितिले निरपेच्छाचारी चिकित्सा शिक्षा ऐन परिमार्जन हुनुपर्ने, सिटीइभीटीको पुनर्संरचना हुनु पर्ने, आयोग र सिटिइभीटीको बदनियतले बन्द भएका कलेजहरु तत्काल खोल्नु पर्ने, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरुको रोजगारीको ग्यारेन्टी हुनुपर्ने, छात्रवृत्तिमा विभेद अन्त्य गरी समानताका आधारमा छात्रवृत्तिको अवसर पाउने ग्यारेन्टी हुनुपर्ने नर्सिंङ्गलगायतका पारामेडिकल विषयहरु चिकित्सा शिक्षाबाट अलग हुनुपर्ने लगायतका माग अगाडि बढाएको छ ।
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले देशव्यापी सडक संघर्षका कार्यक्रम अन्तर्गत धर्नालगायतका आन्दोलनका कार्यक्रमहरु केही दिनदेखि गर्दै आइरहेको र माग पूरा नभएसम्म जारी रहने प्रदेश सचिव गणेश साहले जनाएका छन् ।