अपडेट 
२०८० श्रावण २९, सोमबार ०८:११

मिटरब्याज विरुद्वको संर्घष समितिको सम्पर्क कार्यालय जनकपुरधाममा संचालनमा आएको छ ।

जनकपुरधामको जिल्ला प्रशासन कार्यालय छेउको मण्डल कुट्टीमा निर्माणाधीन नयाँ भवनमा एक कार्यक्रमको आयोजना गरी कार्यालय उद्घाटन गरिएको छ । समितिको धनुषा संयोजक राजाराम यादवको अगुवाइ र प्रदेश संयोजक पुरुषोतम यादवको विशेष उपस्थितिमा भएको कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रममा वक्ताहरुले मिटरब्याज पीडितहरुको हकमा आएको ऐन कार्यान्वयनका लागि जिल्ला जिल्लामा दबाबमूलक कार्यक्रमहरुको आयोजना गर्न आवश्यक रहेको बताए । कार्यक्रममा समितिका सचिव दीपनारायण यादव, मुकुन्द दाहाल, जयलाल शेषसहितका पीडितहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News