अपडेट 
२०८० श्रावण २९, सोमबार ०९:३२

कांग्रेस प्रति जनताको रुझान रहेपनि चुनावको क्रममा गरिने तालमेल, गठनबन्धन र टिकट वितरणमा कार्यकर्ताको उचित मुल्याङ्कन नहुने गरेको नेता कार्यकर्ताहरुले गुनासो गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं अनुशासन समितीका संयोजक आनन्द प्रसाद ढुंगानाको प्रमुख अतिथ्यमा आइतवार यहाँ आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो गुनासो गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नं.२ क्षेत्रिय समितिद्वारा पार्टी संगठन सुदृढिकरण तथा सुझाव संकलनका लागी आयोजित“आन्तरिक विषेश अभियान कार्यक्रम”का अधिकांश सहभागीहरुले तालमेल र गठबन्धनबाट अन्य दलले फाईदा लिएपनि कांग्रेसलाई भने घाटा नै हुने गरेको भन्दै पार्टी संगठन बलियो बनाउन आगामी दिनमा कांग्रेस एक्लै चुनावी मैदानमा जानु पर्ने सुझाव दिएका छन् । “२०७४ र २०७९ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले क्रमशः जसपा र लोसपालाई क्षेत्र नं.२ तालमेल र गठबन्धनको नाउँमा सुम्पिदा आम कांग्रेसीमा निराशा छाएको छ, कार्यक्रममा क्षेत्रिय सभापति महानन्द प्रसाद यादवले भने–‘दुःख पाएका कार्यकर्तालाई निर्वाचनमा अवसर दिन सक्दा मात्र कार्यकर्तामा पनि उर्जाको संचार हुन्छ ।’ उनले पार्टीको १२आंै महाधिवेशनका वेला दिइएको क्रियाशिल सदस्यता पश्चात हाल सम्म नयाँ क्रियाशिल सदस्यता वितरण गर्न नसकिएकोमा असन्तुष्टि समेत पोखे । “पार्टीको १३ औं र १४ औं महाधिवेशन पनि सकिएको छ उनले भने,–‘तर विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा आएकाहरुलाई समेत अहिले सम्म पनि नयाँ क्रिायशिल सदस्यता प्रदान न गर्नु र अवसरबाट बञ्चित गराईनु पार्टीको हितमा छैन ।’

केन्द्र, प्रदेश र स्थानियतहका सबै निर्वाचनमा आफ्नै पार्टीका योग्य ब्यक्तिलाई उम्मेदवार बनाई आफ्नै बलबुतामा चुनाव लड्नु पर्ने तिलाठी कोइलाठी गाउँपालिका कांग्रेस समितिका अध्यक्ष अमिर नारायण झाले बताए । कांग्रेस क्षेत्र नं.२ प्रदेश “क” का सभापती महेन्द्र प्रसाद यादवले गठबन्धनको राजनीति कांग्रेसलाई फाईदा भन्दा पनि नोक्सान नै पु¥याउने र पार्टीको अस्तित्व नै संकटमा पार्ने भन्दै एक ढिक्का भई चुवानमा गए कांग्रेस एक्लै जित्ने ल्याकत राखेको दाबी गरे ।

कार्यक्रममा कांग्रेस सप्तरीका सभापती रामदेव साह, उपसभापती राम कुमार यादव, सचिव सनद मण्डल, पूर्व मन्त्रि राम कुमार चौधरी, पूर्व सभासद सकलदेव सुतिहार, गीता यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, नेपाली कांग्रेस नगर समिति राजविराजका उपसभापती अनिल यादव, जिल्ला संगठन विभाग प्रमुख बद्री महात्मान, युवा नेता इर्शाद अन्सारी, मो.गुलाब, अम्बुज प्रसाद सिह, सतिस चन्द्र झा लगायतले पनि पार्टी प्रति जनताको आकर्षण बढ्दै गएको बताउँदै कुनै गुट उपगुटमा नलागी एक ढिक्का भई अघि बढे जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित निकाल्ने र गठबन्धनको कुनै आवश्यकता नपर्ने जनाए ।

चार प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा पछिल्लो निर्वाचनमा कांग्रेसले २ सिट जितेको छ । यस्तै १८ पालिका मध्ये सर्वाधिक ५ पालिकाको प्रमुख जितेर कांग्रेस जिल्लामा पहिलो पार्टी बनेको स्मरण गर्दै कार्यक्रमका प्रमुख अतिथी ढुङ्गानाले भने –“यो उत्साहलाई थप उचाईमा लान कांग्रेसीजन एक ढिक्का हुनुको विकल्प छैन ।” एक्लै बहुमत ल्याउने वातावरण बने तालमेल र गठबन्धनको आवश्यक्ता नपर्ने जिकीर गर्दै उनले पार्टी भित्रको आन्तरिक अनुशासन कायम गरी कुनै गुट उपगुटमा नलागी सबै मिलेर जनताको सुख दुखमा काम गर्न र संगठन विस्तारमा लाग्न नेता÷कार्यकतालाई निर्देशन दिए ।

Comment


Related News

Latest News

Trending News