अपडेट 
२०८० श्रावण २९, सोमबार ०९:३५

सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा  पानीको बहाव उच्च भएको हो । पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ ।

प्रहरी नायब उपरीक्षक सिंहले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको जानकारी दिँदै आज बिहान ४ बजे पानीको बहाव चार लाख ६२ हजार क्युसेक मापन भएको बताए । यद्यपि पानीको वहाव केही घट्दो क्रममा रहेको छ ।

सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान चार बजे चार लाख ६२ हजार क्युसेक मापन गरिएको कोशी ब्यारेज कन्ट्रोलरुमले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News