
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि लगातार बैठक अवरुद्ध गर्दै आएको छ ।
आजको बैठकमा पनि सुन प्रकरणका दोषीलाई कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक भदौ ३ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।