अपडेट 
२०८० श्रावण ३०, मंगलवार ०९:३७

सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहनेहरुका लागि आवेदन खुलेको छ । गृहमन्त्रालय मातहतको नेपाल हज समितिले सूचना निकालेर आजदेखि असोज ३० गतेभित्र आवेदन दिन आह्वान गरेको हो ।

आवेदन फारम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबापत एक लाख ५० हजार रुपैयाँ बुझाइ आवेदन दिन सकिने समितिका कार्यवाहक अध्यक्ष कमवुल मियाँले बताउनुभयो ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, राहदानीको फोटोकपी, पहिलो किस्ताबापत एक लाख ५० हजार रुपैयाँ हज समितिको बैंक खातामा जम्मा गरेको सक्कल भौचर, कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र र आवेदकको बैंक खाताको चेकको फोटोकपी पनि पेस गर्नुपर्ने छ ।

सन् २०२४ मा नेपालबाट एक हजार दुई सय जना इस्लाम धर्मावलम्बी हजका लागि साउदी अरब जान पाउनेछन् ।

Comment


Related News

Latest News

Trending News