अपडेट 
२०८० श्रावण ३०, मंगलवार १८:३४

कक्षा १२ काे नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले आज मङ्गलवार दिउँसाे कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे हाे ।

यस वर्ष ५० दशमलव ९१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । यो गएको वर्षको भन्दा तीन प्रतिशत सुधार भएको हो । राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्षदेखि ३५ प्रतिशतभन्दा कम ग्रेड ल्याउने विद्यार्थीलाई नन ग्रेड अर्थात् परीक्षामा फेल भएको मान्ने गरेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था रहेको छ ।

गएको वैशाख २६ गतेदेखि शुरु भई जेठ ५ गते परीक्षा सम्पन्न भएको थियो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट चार लाख ६७ हजार तीन सय ८९ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

यसरी हेर्न सकिन्छ नतिजा :

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

Comment


Related News

Latest News

Trending News