अपडेट 
२०८० श्रावण ३०, मंगलवार १८:४४

सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने चिनियाँ नागरिकमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जनाएको छ ।

 चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो ।

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार पक्राउ परेका थप तीन जनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको सीआईबीले जनाएको छ ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News