अपडेट 
२०८० श्रावण ३१, बुधबार ०६:५३

उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले मधेश प्रदेशमा पर्यटकीय सम्भावना रहेपनि यहाँ पर्यटकलाई रोकेर राख्न सक्नु पर्ने अवधारणा आउनुपर्ने बताएका छन् ।

यहाँका होटल देखि खाना सम्म महँगो रहेका कारण सीमा क्षेत्रका पर्यटकहरुलाई रोकि राख्न समस्या भई रहेको बताइन् । ‘यहाँका होटलहरु महँगो र खानामा पनि चर्को रेट लिने गरिएको छ’ मन्त्रि यादवले भनिन्– ‘सिमा क्षेत्रका पर्यटकहरु आफ्नै खाना बोकेर आउँछन्, खान्छन् अनि जान्छन् ।’ हामी आफ्नो संस्कृतिको पहिचान गर्न नसकेको बताउँदै मन्त्री यादवले मैथिली, थारु लगायतका संस्कृतिको बारेमा सचेतना फैलाउन आग्रह गरिन् । पर्यटकलाई आकर्षित गर्ने खालको योजना ल्याउनु पर्ने बताए । जानकी मन्दिरलाई पहिलानै विश्व सम्पदा सूचिमा सूचिकृत गरिसक्नु पर्ने थियो तर, अहिले सम्म हुन नसक्नु दुःखद रहेको उनले बताइन् । ईन्सियोर प्रोजेक्ट अन्तर्गत मधेस प्रदेशमा होटेल हस्पिटालिटी ट्रेनिङ हुने सम्वन्धमा भएको कार्यक्रममा मन्त्री यादवले सो कुरा बताइन् ।

यहाँका होटल व्यवसाय सञ्चालनमा टेवा पुर्याउन सो ट्रेनिङ्ग हुने जनाइएको छ । हेल्भेटास को प्राविधिक सहयोग र होटेल संघ नेपाल र होटेल संघ मधेश प्रदेशको आयोजनामा जनकपुरधाममा सम्पन्न सेन्सिटाईजेसन प्रोग्राममा उक्त ट्रेनिङ हुन गईरहेको जानकारी गराईएको छ । सम्भवतः यहि भदौ महिनादेखि जनकपुरधाममा सुरु हुने उक्त ट्रेनिङमा ४० जना एसईई उतिर्ण वा कक्षा १० सम्म पढ्दै गरेको वा पढेर पढाई छाडेकाहरुका लागि उक्त टेनिङ प्रदान गरिने होटल संघ नेपालका कोषाध्यक्ष युवराज श्रेष्टले जानकारी दिए । उनले यस ट्रेनिङमा सहभागी विद्यार्थीले ४ महिना थियोरेटिकल क्लास गर्नुपने र तत्पश्चात २० महिना मधेश प्रदेशका विभिन्न ख्याती प्राप्त होटेलमा प्रयाक्टिकल गर्ने मौका पाउने बताए । उनले प्रयाटिकल अवधि (२०) महिनामा विभिन्न शिप सिक्नुको साथै विद्यार्थीहरुले नेपाल सरहकारले तोकेको न्यून्तम ज्यालाको २५ प्रतिसत रकम मासिक रुपमा पाउने समेत जानकारी दिए । ट्रेनिङ समापन भए पश्चात उत्तकृष्ट विद्यार्थीहरुले उक्त होटेलमै प्लेसमेन्ट पाउने अवसर पाउनुका साथै, सर्टिफिकेट समेत पाउने उनले बताए । उक्त सर्टिफिकेटले देश भित्रै र देश बाहिर समेत काम गर्न सजिलो र राम्रो ज्याला पाउने उनले बताए ।

सो अवसरमा होटेल एशोसिएसन मधेश प्रदेशका अध्यक्ष विजय झुनझुनवालाले अहिलेको समयमा होटेल व्यवसायहरुले स्किील्ड मेनपावर पाउन नसकेको समयमा यस किसिमको ट्रेनिङले आफ्नै प्रदेशमा जनशक्ति उत्पादनमा मदत गर्ने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायीले पर्यटकलाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेकोले यसतर्फ प्रदेश सरकारलाई ध्यान दिन आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News