अपडेट 
२०८० श्रावण ३१, बुधबार ०६:५६

प्रहरीले प्रतिबन्धित लागूऔषधसहित सिरहामा दुईजना महिला पक्राउ परेकी छन् ।

सिरहा नगरपालिका– १४ खिरौना लच्का स्थित माडर सिरहा सडक खण्डमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको चेकिङ टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोहीमा सवार दुईजनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका– ५ रञ्जितपुर टोलका २५ वर्षीया निरा कुमारी चौधरी र सिरहा १७ खैरटोकाका ३० वर्षीया नमिमा खातुन रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र राज पाण्डेले जानकारी दिए। निराले बोकेको ह्यण्ड ब्याग भित्र लुकाइ छिपाइ ल्याएको लागूऔषध नाईट्रोभेट १० लेखिएको २० पता ९६०० पिस ट्याब्लेट, नेपाली रुपैयाँ २ हजार ८०५ र ३ थान मोबाइल बरामद गरिएको छ भने खातुनको साथबाट ३१ हजार ५ सय रुपैयाँ र १ थान मोबाईल बरामद गरिएको प्रहरीले जनाएका छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News