२०८० श्रावण ३१, बुधबार ०७:०४

गणेश साहको अध्यक्षतामा नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ धनुषा जिल्ला कमिटि गठन भएको छ ।

मंगलबार क्षीरेश्वरनाथ नगरपालिकाको केन्द्र महेन्द्रनगरमा आयोजित प्रथम जिल्ला अधिवेशनले साहको नेतृत्वमा ३१ सदस्सीय नयाँ कार्यसमिति चयन गरिएको छ । कमिटिको उपाध्यक्षमा सकल किशोर पजियार र सुर्यनाथ यादव, सचिवमा रामकुमार चौधरी, उपसचिवहरुमा चन्दन किशोर साह र विहारी यादव चयन भएका छन् भने एक उपाध्यक्ष मिथिला नगरपालिका र कोषाध्यक्ष महिलाका लागि तत्काल खाली राखिएको छ । त्यसैगरी, सदस्यहरुमा राजकुमार महासेठ, शम्भु मुखिया, अनोज यादव, रंजित साह, वीरेन्द्र यादव, धर्मेन्द्र गुप्ता सहित ३१ जनाको कमिटि गठन भएको महासंघका केन्द्रीय सदस्य तथा एमाले धनुषा जिल्ला कमिटि सदस्य संजय साहले बताए ।

उनीहरुलाई सोही समारोहबीच महासंघका केन्द्रीय सचिव तथा मधेश प्रदेश ईन्चार्ज केदार बस्नेतले शपथ ग्रहण गराएका छन् । कार्यक्रममा बस्नेतसहितका वक्ताहरुले कांग्रेस तस्कार, ठग र यथास्थितिवादी व्यापारीहरुको मात्र पृष्टपोषण र संरक्षण अनि अगुवाइ गर्दै आएकाले वास्तिव व्यापारी र उद्यमीको हक, अधिकार र पहुँचका लागि एमालेले यो महासंघको स्थापना गरेको बताए ।

कार्यक्रममा प्रदेश सांसद शारदा देवी थापासहित एमालेका नेता कार्यक्रता र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Comment

Related News

Latest News

Trending News