अपडेट 
२०८० श्रावण ३१, बुधबार १४:०३

सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई जना कर्मचारीलाई पाँच लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे टाेलीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा गाउँपालिकाका कम्प्युटर अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव छन् । वीरेन्द्रकुमारलाई दुई लाख रुपैयाँ रुपैयाँ र लेखापाल टेकनारायणलाई तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेको अख्तियारले जनाएकाे छ ।

सोलार बत्ती जडानलगायतको योजनाको भुक्तानीबापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीमा रहेकाे आयाेगकाे कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनामाथि अनुसन्धान भइरहेकाे आयाेगले जनाएकाे छ ।

Comment


Related News