अपडेट 
२०८० श्रावण ३२, बिहीबार ०५:५८

काठमाण्डुबाट नेपाल भिजिट र येलो पेज नामक किताब प्रकाशन गर्ने भनेर जनकपुर धामका एक दर्जनभन्दा बढी व्यवसायीको ३५ लाखभन्दा बढी ठगेर सिमरजित सिंह र कविता प्रसाई फरार भएका छन् ।

पीडित व्यवसायीहरुले बुधबार पत्रकार सम्मेलन गरी सिंह र प्रसाईले एक दर्जनभन्दा बढी ब्युटिसियन र होटल व्यवसायीहरूको १० हजारदेखि ४ लाखसम्म गरी ३५ लाख ठगेर फरार भएको बताए । जनकपुरधामको भ्रमरपुराचोकस्थित बिरयानी हाउसका संचालक रघुनाथ पण्डितको सबैभन्दा बढी ४ लाख रुपैयाँ ठगेका छन् । विज्ञापनसहित पत्रिकाको कार्यालय स्थापना र व्यवस्थापनको नाममा ठगेको उनले बताए । पण्डितले पीडा सुनाउंदै भने, सिंह र प्रसाईले विज्ञापन एजेन्सी र पत्रिकाको कार्यालयको लागि ८ लाख रुपैयाँ खर्च लाग्ने भनेर दुवै पक्षबीच सम्झौता भयो । जसमध्ये विभिन्न समयमा ४ लाख रुपैयाँ दिए । त्यसयता उनीहरु फरार भएका छन् । सम्पर्क गर्दा मोबाइल स्वीच अफ छ । केहीदिन पहिला कुरा हुँदा तपाई को हो भनेर अपरिचित जस्तो व्यवहार गरेको उनले बताए ।

प्रसाँईकी छोरीको नाउँमा रहेको नेक्सया एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भीसेज नामक संस्थाको कागजातको आधारमा दुवै जनाले जनकपुरधामको व्यवसायीलाई ठगेका छन् । केही सोधखोज नै नगरी पत्रिका प्रकाशनको नाममा जथाभाबी रकम दिनु कतिको उचित भन्ने सञ्चारकर्मीको जिज्ञासामा पीडितहरुले भने, अन्तराष्ट्रियस्तरको पत्रिका हो, पत्रकार त झुट बोल्दैन सोचेर हामीले रकम दिएको हौ ।

जनकपुरधाम उद्योग बाणिज्य संघकी उपाध्यक्ष र जिन्नी ब्युटि पार्लरकी सञ्चालिका दिपिका राय पनि ति व्यक्तिहरुबाट ठगिएकी छिन् । पत्रकार सम्मेलनमा उपस्थित उनले जनकपुरधामको नाममा बल्याकमेल गरेर दुवैजनाले जनकपुरधामबाट कम्तिमा ३० देखि ३५ लाख सम्म असुल गरेर भागेको बताइन ।

‘एलो बुक’ एलो पेज टुरिजम बुक नामक पुस्तक प्रकाशन गर्ने जस्मा जनकपुरधामको हरेक विषय वस्तु, पर्यटनको केन्द्र, जानकी मन्दिरको गरिमा, घुम्नैपर्ने स्थान सहितका विवरण हुने र सोहि पुस्तकमा यहाँहरुको पार्लर र होटलको विज्ञापन पनि प्रकाशन हुने भन्दै उनीहरुले पैसा असुलेको उनले बताइन् । उनले आफनो पार्लरको बिज्ञापन प्रथम पेजमै राखिदिने भन्दै ४० हजार दिएको बिल पनि देखाईन ।

लुमिनस ब्युटिपार्लरकी गिता पौडेलले त झन उनीहरुलाई सापटी सहित १ लाख १० हजार सम्म दिइन् । पौडेलले जनकपुरधाम पुग्ने आगन्तुकका लागि सो किताव अति महत्वपुर्ण हुने र त्यसमा यहाँको विज्ञापन राख्दा फाइदै फाइदा हुने र पछि स्थानिय एक महिला पत्रकारको सम्पादनमा सोहि विषयगत पत्रिका पनि प्रकाशन गर्ने सुनाएपछि सापटी पनि दिएको बताईन ।

दुई तिन दिन अगाडि सम्म प्रसाँई सम्पर्कमै थिइन तर अन्तिम दिन तपाईहरुलाई जे लाग्छ गर्नेस सिमरजित संग मेरा भेटघाट पनि छैन भन्दै पन्छिन खोजेपछि आफुहरु ठगिएको उनीहरुले चाल पाइन । सिंह र प्रसाँईको टिकटकमा भिडियो संगैको देखिएको र नेपालगञ्जमा पनि उनीहरुले धेरैलाई ठग्ने काम अझै गरिरहेका खवर आफुहरुलाई नेपालगञ्जबाट आएको आठ लाख ठगिएका पिडित होटल सञ्चालक पण्डितले बताए ।

ठगीको आरोप लागेका सिंह र प्रसाँई टिकटकमा

पिडितहरु आफुहरु न्यायका लागि कानुनी उपचार खोज्ने समेत बताएका छन् । प्रसाँईकी छोरीको नाउँमा रहेको नेक्सया एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भीसेज नामक संस्थाको कागजातको आधारमा दुवैजनाले सिमरन, सुन्दरम, मधु, बन्दना र श्रृङ्गार ब्युटिपार्लरहरुबाट क्रमश १४, १४, १०, १४ र १२ हजार रुपैया असुल गरेका छन् भने पण्डित संग सम्झौता करारनामा बनाएर पैसा असुलेको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News