अपडेट 
२०८० श्रावण ३२, बिहीबार ०६:०४

समय समयमा प्रत्येक क्षेत्रमा केही विशेष गुण लिएर आएका मानिसहरू भेटिन्छन् । हिन्दू धर्ममा विभिन्न कालखण्डमा विभिन्न धर्मगुरुहरू जन्मिए । अहिले त्यसैमध्येका धार्मिक कथा वाचकका रूपमा उदाएका धीरेन्द्रकृष्ण शास्त्रीलाई लिइन्छ । वहाँ वेदलाई आधार लिएर अगाडि बढ्नु भएको छ । हिन्दूहरूका आदिकालदेखि चलिआएको धर्मलाई सनातन धर्म भनिन्छ । पं. शास्त्री आफूलाई मात्र सनातनी भन्नुहुन्न, प्रत्येक हिन्दूलाई सनातनी भन्नुहुन्छ । विश्वको पुराना बाङ्मयको नाम लिँदा वेदको स्थान अग्रपंक्तिमा आउँछ ।

हाम्रो कला, संस्कृति, साहित्य अध्ययनका लागि वेदको स्थान सबैभन्दा उच्च रहेछ । यसै संस्कृतिलाई वैदिक संस्कृति भनिन्छ । वेदलाई मान्नेहरूका के भनाइ छ भने वेद स्वयं ईश्वरबाट रचित ग्रन्थ हो ।यसमा विवादको ठाउँ छैन । यसै वेदबाट पछि हिन्दूका अध्येताहरूले विभिन्न शास्त्रहरू लेख्दै अगाडि बढेको देखिन्छ । उदाहरणको रूपमा त्रेतामा रामायण र द्वापरमा महाभारतलाई प्रमुख ग्रन्थका रूपमा लिन सकिन्छ । यसै ग्रन्थहरूलाई आधार मानी वहाँ आफूलाई सनातनी मान्नु हुन्छ । वहाँ धार्मिक कथावाचकको रूपमा भर्खर उदाएका भएपनि हिन्दू समाज बीच निकै ठूलो स्थान पाउनु भएको छ । वहाँ अहिले अति लोकप्रीय कथावाचकको रूपमा प्रसिद्धि पाउनु भएको छ । विश्वका विद्वानहरू दुई भागमा विभक्त छन् । पहिलो समूह अध्यात्मवादमाथि जोड दिन्छ भने दोश्रो वर्गका विद्वानहरू भौतिकवादमाथि । विश्वमा अध्यात्मबाट अहिले पनि प्रमुख स्थान पाएर अगाडि बढेको देखिन्छ ।

प्रत्येक मानिस कुनै न कुनै धर्म संस्कृतिसँग जोडिएको हुन्छ । जो धर्मसँग जोडिएको हुन्छ त्यसलाई आस्तिक र धर्म नमान्नेलाई नास्तिक भनिन्छ । हिन्दू जस्तै अन्य धार्मिक समूहहरू पनि आ–आफ्ना धर्मलाई मानेर अगाडि बढेका छन् । उदाहरणको रूपमा बौद्ध, मुस्लिम, व्रिmश्चियन आदि । प्रत्येक धर्ममा समय–समयमा यस्ता कथावाचक जन्मिरहेका हुन्छन् । मध्य प्रदेशको छतरपुर जिल्लामा रहेको खजुराहो मन्दिरमा पुजारी हुँदै कथावाचकको रूपमा वहाँलाई चिनिएका हुन् । वहाँ शास्त्रीय रूपले भविष्यवाणी पनि गर्नुहुन्छ । वहाँ कमै उमेरमा निकै उँचाइ पाउनु भएका कथावाचक मध्येका एक हुनुहुन्छ । वहाँको उमेर मर्खर २७ लागेको छ । वहाँ आफ्ना हजुरबुवा सैतुलाल गर्गको प्रेरणाबाट यहाँसम्म आइपुग्नु भएको छ । वहाँको हजुरबुवा खुजुराहो स्थित प्राचीन शिव मन्दिरमा पुजारी हुनुहुन्थ्यो । वहाँ आधुनिक मिडिया उपयोग गरी आफूलाई धेरै मानिस समक्ष पु¥याउन सफलता पाउनु भएको हो । अहिले राजनीतिक दलका नेता तथा सरकारका मन्त्रीहरू समेत वहाँकहाँ पुगेका देखेर मानिसहरूका बीच निकै लोकप्रिय हुनुभएको छ ।

वहाँबारे भारतमा मात्र होइन देशविदेशमा पनि चर्चा परिचर्चा चलेको हेर्न पाइन्छ । वहाँ देशभित्रैबाट मात्र होइन विदेशबाट समेत कथावाचन गरिदिन आग्रह आइरहन्छन् । यस्तै प्रसिद्धिबाट प्रभावित भएर नेपालका अग्रणी व्यापारिक वरूण चौधरीको निमन्त्रणामा वहाँ नेपाल आउन लाग्नुभएको हो । वहाँ चौधरी ग्रुप एवं सी.जी. कर्प ग्लोबलका प्रबन्ध निर्देशक हुनुहुन्छ । चौधरी ग्रुपद्वारा संचालित पूर्वी नवलपरासीको दुम्कौली स्थित शाश्वतधाममा वहाँ कथा वाचन गर्नु हुनेछ । शाश्वतधामका स्रोत अनुसार वहाँ भदौ २, ३ र ४ गतेमा हनुमन्त कथावाचन गर्नु हुनेछ । वहाँ भदौ १ मा नेपाल आएर काठमाण्डूमा पशुपतिको दर्शन पश्चात नवलपुर पुग्ने योजना बनाउनु भएको छ । वहाँको कथावाचन अवधिभर सुरक्षाको पोख्ता इन्तजाम गरिएको छ । वहाँको टीममा ५० देखि ६० जनासम्म रहने अनुमान छ ।

शाश्वतधामका स्रोतले भने अनुसार ११ हजार जना अटाउने स्टेज तयार भइ रहेको छ । प्रत्यक्ष उपस्थित नहुने दर्शकका लागि सामाजिक सञ्जाल तथा डिजिटल डिस्पले मार्फत कथा सुन्न सक्ने व्यवस्था मिलाइएको छ । वहाँ आफूलाई हिन्दू सनातनी मन्नुहुन्छ । वहाँले हिन्दूका सनातनी वेदलाई आधार बनाइ प्रत्येक रोग तथा मानसिक अवस्था कमजोर रहेका लागि भगवान सावित हुनुभएको छ । वहाँको मुख्य मिशन के हो भने भारतलाई हिन्दू राष्ट्र बनाइ छाड्छु । वहाँ यसबारे प्रत्येक सभामा दोहराइ रहनुहुन्छ । यसलाई लिएर भारतीय जनता पार्टी बाहेकका पार्टीहरू वहाँको विरोधमा समेत केही आवाज उठाएको देखिन्छ । उनीहरूका के तर्क छ भने यस्ता कुरा सार्वजनिक रूपले बोल्नु भारतीय संविधानको पूर्णरुपेण बर्खिलाप हो ।

हाम्रो संविधानले धर्म निरपेक्षताको मान्यतामा अगाडि बढेको छ । तर शास्त्रीजी के भन्नुहुन्छ भने भारत एउटा लोकतान्त्रिक देश हो । यहाँ आफ्ना मनका कुरा राख्न सबैलाई छुट छ । हिन्दुस्तान यस्तो देश हो जहाँ मुस्लिम तथा व्रिmश्चियनहरू शासन गरिसकेका छन् । अहिले धर्मनिरपेक्षको आधार बोकेर शासन गरिरहेका छन् । वहाँको भनाइमा हिन्दूहरूमा मात्र यस्तो सहिष्णुता हुन्छ जो सबैलाई मिलाएर अगाडि बढ्न चाहन्छ । अब रह्यो कुरा नेपालको । वर्तमान समयमा नेपाल पनि धर्मनिरपेक्षतालाई स्वीकार गरेर अगाडि बढेको छ । मानिसहरूका के शंका छ भने कथावाचक धीरेन्द्रकृष्ण शास्त्री नेपालमा पनि हिन्दूधर्मको आवाज उठाउनुभयो भने के हुन्छ ? केही हुँदैन किनभने नेपाल एउटा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अपनाएको देश हो । यहाँ हरेक धर्मालम्बीहरूलाई आ–आफ्ना धर्मबारे बोल्ने छूट छ । यस्ता घटनाहरू पहिले पनि घटिसकेका छन् । आजभन्दा २–३ साल पहिले सप्तरीमा भारतका प्रसिद्ध मौलानाहरूलाई बोलाएर मुस्लिम धर्मबारे खुल्लम खुल्ला बहस चलाएकै थिए । केही गाँइगुँइ हुँदा पनि आफै सेलाएर गए ।

लुम्बिनीमा विश्वका बौद्धगुरुहरू आएर बुद्धधर्मको बारेमा आ–आफ्ना मनमा लागेका कुर ाहरू बोलेकै छन् । उनीहरू जे देखे बुझे बोलेर गए । मान्नु नमान्नु हाम्रो काम हो । कथावाचकहरूद्वारा उपदेश दिँदैमा केही भएको देखिँदैन । नेपालका मानिसहरू समेत आ–आफ्ना धर्मबारे वकालत गरेकै छन् । यहाँका केही पार्टीहरू समेत हिन्दूराष्ट्रको माँग त गरेकै छन् । जनतन्त्रमा यस्तो विलक्षण गुण हुन्छन् जस्ले देशलाई मजबूत बनाएको हुन्छ । कतिको के भनाइ छ भने उहाँ धार्मिक अन्धविश्वास तथा विद्वेष फैलाउने काम गर्नुहुन्छ । उहाँले हिंसा भड्काउने घृणास्पद अभिव्यक्ति दिदै आउनुभएको छ । शास्त्रीले भारतलाई हिन्दूराष्ट्र बनाउनु पर्ने सार्वजनिक माँग गर्दै आउनु भएको छ । सबै हिन्दूलाई एक हुन र धर्म रक्षाका लागी हथियार समेत उठाउन उहाँले सार्वजनिक अपिल नै गर्नुहुन्छ । आफ्ना जिउज्यानका रक्षाका लागी हतियार बोक्ने सल्लाह दिनुहुन्छ । यहाँ त मुस्लिमहरूको धार्मिक जुलुसमा विभिन्न किसिमका हातहतियारले लैशभइ सहरमा घुम्दा ठीक र हिन्दूले आफ्ना आत्मरक्षाका लागि साधारण हाथहतियार राख्नु बेठीक कसरी हुन सक्छ ? वहाँको तर्क छ ।

रोगलाई उपचार गर्ने विभिन्न पदद्धिहरू हुन्छन् । उदाहरणको रूपमा एलोपैथिक, आयुर्वेदिक, होमियोपैथिक, चुम्वकीय, प्राकृतिक आदि इत्यादिलाई लिन सकिन्छ । यस्तै हाम्रा शास्त्रमा तन्त्रमन्त्र विधिको प्रयोगद्वारा पनि रोग निको गरेका शास्त्रीय प्रमाण छन् । हाम्रा ऋषिमुनिहरूले तपस्याको बलमा जस्तोसुकै दुःख तकलिफलाई निको पारेको अनेकौ उदाहरण छन् । अहिले पनि भारत नेपालमा आ– आफ्ना तपोवलमा भविष्यवाणी गर्ने अनेकौ गुरुहरू छन् । जसले अध्यात्मवादलाई जिवन्तता प्रदान गरेका छन् । कति नेपाली विद्वानहरूका दृष्टिमा भार तीय जनता पार्टीको अतिवादी हिन्दुत्वको मीशनलाई छिमेकमा पनि प्रचार प्रसार गर्ने टिप्पणी गर्छन् । भार तले भन्दैमा नेपालमा हिन्दू राष्ट्र आइहाल्छ भने होइन । उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी कति चोटी हिन्दू राष्ट्रको बारे चर्चा गरिसक्नु भएको छ । खोइ प्रभाव परेको ! कुनै देशलाई प्रभावमा ल्याउन त्यहाँका जनताद्वारा नै हुनसक्छ । अरुले भने वितिकै हुने भएको भए अहिलेको लोकतान्त्रिक व्यवस्था नै आउने थिएन । वहाँमाथि बालाजी हनुमानको कृपा परेको कारणले हजारांैका बीचबाट निश्चित मानिसलाई छनौट गरेर उनलाई परेका समस्या कागजमा लेखेर बताइ दिने तथा समाधानका लागि निश्चित पूजा पाठको तरि का समेत बताउने गर्नुहुन्छ ।

भारतीय मिडियाहरू वहाँबारे विभिन्न कोणबाट पत्ता लगाउने कोसिस गरेपनि असफल भएका छन् । वहाँले आफूलाई कुनै चमत्कारिक व्यक्ति भन्नुहुन्न । वहाँको भनाइ अनुसार म जे बताउँछु त्यो बालाजीको कृपाले हो । अहिले जे जस्ता आरोप प्रत्यारोप लगाए पनि वहाँको काम देखेर सबैका सबै आश्चर्यचकित छन् । वहाँमा कुनै दैवीय शक्ति जागेको हो कि जसले गर्दा मानिसको भूत, वर्तमान र भविष्य समेतको भविष्यवाणी गर्न सक्नु हुन्छ । वहाँलाई सरकारले सुर क्षाको पोख्ता इन्तजाम गरेर सुरक्षा प्रदान गरेको छ । यदि त्यस्तो नगरेको भए वहाँको प्रवचन कार्यक्रम जनताको भीड्भाडमा जे पनि हुनसक्थ्यो । कतिपय मानिस के विश्वास गर्छन् भने धीरेन्द्रकृष्ण शास्त्री आडम्बरी बाहेक अरु केही होइन । अब यस्ता प्रश्नको जवाव दिन हजारांै लाखौं मानिसहरूलाई आफ्नो समर्थक बनाइ सक्नुभएको छ । वहाँबारे जथाभावी बोल्दा वहाँका शिष्यहरू नै लड्न थाल्छन् । भारत एउटा यस्तो देश हो जहाँ हामी सजिलैपूर्वक सबै कुरा पाउन सक्छौं । यहाँ विभिन्नतामा एकता देखिन्छ । मानिसमा राष्ट्रप्रेमको भावना अंग अंगमा समाएको देखिन्छ ।

यहाँ जस्तो सुकै पद्धति आयो भने विभिन्न ऐंगलबाट हेरेर मात्र स्वीकृति दिने परम्परा रहेछ । वहाँप्रति कतिपय विद्वानहरू नकारात्मक सोच राख्नुहुन्छ । यो गलत कुरा हो । यदि वहाँ राष्ट्रद्रोही हुनुहुन्छ भने भारतीय सरकार किन जेलमा हालेन त ! नबुझेर हल्ला मचाउनु विल्कुल ठीक होइन । निष्कर्ष तिर जाँदा कुनै मुस्लिम देशमा हिन्दू को के हविगत छ भने कुरातिर पनि ध्यान जानु पर्छ । हाम्रो देश सहिष्णुतामा अडेको देश हो । यहाँ सबै धर्मालम्बीहरू मिलेर बसेका छन् । विभिन्न धर्मालम्बीहरू आ–आफ्ना धर्मगुरुहरूलाई ल्याएर उपदेश लिने काम गर्दै आएका छन् । नेपाल भार तको बीचमा रहेको घनिष्ट सम्बन्धले गर्दा धेरै नेपाली सन्तमहन्थहरू भारतका मठमन्दिरमा तथा भारतका साधुसन्तहरू नेपालका विभिन्न मठमन्दिरहरूमा स्थान पाएका छन् । यस्तो सुमधुर सम्बन्ध अन्य देशसँग रहेको देखिँदैन ।

लोकतान्त्रिक व्यवस्था यस्तो व्यवस्था हो जहाँ प्रत्येक धर्म, जाति, वर्ग, समूहका मानिसहरू ठाउँ पाएका हुन्छन् । यत्रो उदार व्यवस्थामा एउटा भारतीय कथावाचकबाट डराउने कुरो के छ र ! एउटा मान्छेको सबै व्यवहार हुबहु अर्कोसँग मिल्दैन तर राष्ट्रको मामलामा साझा धारणा बनाउनै पर्छ । राष्ट्र भनेको सबैका साझा घर हो । यसलाई सुरक्षित राख्नु हामी सबैको साझा दायित्व पनि हो । हामीले जे गर्छौ, राष्ट्रहीतलाई अगाडि राखेर गर्नुपर्छ, होइन भने भोलि हाम्रो अस्तित्व कता जान्छ ठेगान हुँदैन । अतः बागेश्वर धामका कथावाचक धीरेन्द्रकृष्ण शास्त्रीसँग डर्नु पर्ने छुरो छैन । वरु वहाँमा भएका गुणहरूबाट लाभ लिने काम गरौं । जहिले पनि सकारात्मक सोच र ाखौं । इतिश्री ।

Comment


Related News

Latest News

Trending News