अपडेट 
२०८० श्रावण ३२, बिहीबार ०६:१८

जनकपुर धाम उपमहानगरपालिकाले अत्याधुनिक वारुण यन्त्र खरिद गरेको छ । यस अघि उपमहानगरसँग भएका दुई वारुणयन्त्र मध्ये एक वटा मात्र चालु अवस्थामा रहेको बेलामा थप एक वटा वारुणयन्त्र खरिद गरेको जनाएको छ ।

धनुषा जिल्लामा वारुणयन्त्रको अभाव भएको बेलामा जनकपुरधाम उपमहानगर पालिकाले एक वटा वारुणयन्त्र खरिद गरेपछि जनतालाई राहत पुग्ने भएको छ । कुल ९० लाखको लागतमा खरिद गरेको वारुणयन्त्रमा पेट्रोलियम पदार्थमा आगो लागेपछि त्यसको नियन्त्रणका लागि पाँचसय लिटरको छुट्टै फोम चेम्बर रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जानकारी दिएका छन् । सामान्य पानीले पेट्रोलियम पदार्थको आगो नियन्त्रण कठिन भए पनि फोमले सजिलै नियन्त्रणमा लिन मिल्ने भएकाले यस पटक त्यसको पनि व्यवस्था गर्ने काम भएको उनले जानकारी दिए ।

गत वर्ष मात्र साउन महिनामा जनकपुरधामको उपमहानगर पालिका भन्दा २ सय मिटरको दूर ीमा रहेको मिथिला डिपार्टमेन्टमा आगलागी हुँदा उपमहानगरले वारुणयन्त्र पठाउन सकेको थिएन । उपमहानगरपालिकाको वारुणयन्त्र बिग्रेकाले नेपाल प्रहरी तथा अन्य पालिकाबाट आएका वारुणयन्त्रले आगो नियन्त्रणमा लिए पनि धेरै ठूलो क्षति भएको थियो । उपमहानगरको व्यापक आलोचना पनि भएका थिए ।

जनकपुरधाम उपमहानगर पालिकाले खरिद गरेको अत्याधुनिक वारुणयन्त्रमा ६ हजार लिटरको अर्को पानी ट्यांकी पनि रहेको छ । एक वारुणयन्त्रमा अत्यधिक प्रज्वलन पदार्थमा लाग्ने आगो नियन्त्रणका साथै सामान्य आगो नियन्त्रण गर्ने गरी दुबै सुविधा रहेको छ । धनुषा जिल्लामा रहेका १८ पालिका मध्ये जनकपुरधाम बाहेक अन्य तीन पालिकामा मात्र वारुण यन्त्र रहेको छ । धनुषाको क्षीरेश्वरनाथ, मिथिला तथा सबैला नगरपालिकामा मात्र वारुणयन्त्र रहेको छ । अन्य १४ पालिकामा आगो लागेको खण्डमा जनकपुरधाम उपमहानगर पालिकाका वारुण यन्त्रले नै आगो नियन्त्रणमा जाने गरेको नगरप्रमुख साहले जानकारी दिए । नयाँ वारुण यन्त्र आएको तर प्राविधिक परीक्षण गरेपछि दुई तीन दिनभित्रमा नै सञ्चालनमा आउने जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख साहले बताए ।

Comment


Related News

Latest News

Trending News