अपडेट 
२०८० श्रावण ३२, बिहीबार १३:०९

नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो । हिजो छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

Comment


Related News

Latest News

Trending News