अपडेट 
२०८० श्रावण ३२, बिहीबार १३:१६

सर्लाहीको लालबन्दी नगरपालिका–१० कि ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको सर्पदंशबाट मृत्यु भएको छ ।

राति घरमा सुतेको समयमा गोमन सर्पले डसेपछि उनलाई उपचारका लागि लालबन्दी– १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । 

केन्द्रमा पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । यसवर्ष सर्लाहीमा सर्पदंशबाट तीनजनाको मृत्यु भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News