
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रण लिएकाहरुमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका- १७ रामनगर घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्ने सिमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन तामाङ तथा कास्कीको पोखरा महानगरपालिका- १० घर भई हाल काठमाडौं नयाँ बसपार्क नै बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् ।