अपडेट 
२०८० भाद्र १, शुक्रबार ०८:१७

श्रीमतीको हत्या गरी बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने एकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या गर्ने बारा कलैया उपमहानगरपालिका–२६ का नाथु देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

देवानसँगै श्रीमतीको मृत्यु भए बीमाबाट मोटो रकम आउने भन्दै उनलाई उक्साएको आरोमा एसियन लाइफ इन्सुरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अन्सारी पनि पक्राउ परेका छन् । अर्का एकजनाको भने नाम खुलेको छैन ।

देवानले अन्दाजी ४० वर्षीया पत्नी हजरा खातुनको नाममा एशियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड शाखा कलैयामा ५० लाख रुपैयाँको जीवन बीमा गराएका थिए ।

गत वर्ष भदौमा हजराको मृत्यु भएको थियो । बीमा अभिकर्ता अन्सारीमार्फत उनले श्रीमती खातुनको नाममा २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५–२५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा गराएका थिए ।

Comment


Related News

Latest News

Trending News