अपडेट 
२०८० भाद्र १, शुक्रबार १३:४५

६० केजी सुन बरामद प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गएराति काठमाडौंबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरूको नाम खुलाएको छैन ।

प्रहरीले गएको बुधबार पनि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूमध्ये डिङ सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेष्टुरेन्ट ठमेलको होटल भियना नजिकै छ ।

Comment


Related News

Latest News

Trending News