अपडेट 
२०८० भाद्र १, शुक्रबार १४:०२

नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा चितवनमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गएराति नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाण्डाै पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार अख्तर चितवन मेडिकल कलेजमा एमबीबीएसको अन्तिम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनले आईएसी पासको सर्टिफिकेट नक्कली बनाएको आरोप लागेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News