अपडेट 
२०८० भाद्र १, शुक्रबार १६:३८

नाइजेरियाको नाइजर राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजा सहरबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ ।

नाइजर राज्यको शिरोरो स्थानीय क्षेत्रको चुकुबा गाउँमा सशस्त्र डाकुहरूको आक्रमणमा घाइते भएका र मारिएका सिपाहीहरूलाई उद्धार गर्न उक्त हेलिकोप्टर परिचालन गरिएको थियो ।

नाइजेरियाली सेनाका प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले अबुजामा आयोजित पत्रकार सम्मेलनका क्रममा घटनाको पुष्टि गरेका हुन् ।

उनले दिएको जनाकारीअनुसार दुर्घटनाको समयमा विमानमा १४ जना सैनिक सवार थिए । त्यसैगरी, सात जना अन्य घाइते रहेको र तीमध्ये दुई जना विमान चालक र दुई जना चालक दलका सदस्य रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News