अपडेट 
२०८० भाद्र १, शुक्रबार १६:४४

भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ नेपाल आएका छन् ।

नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि उनी काठमाडौं आइपुगेका हुन् ।

आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति र राष्ट्रपतिसँग उनको भेटघाटको कार्यक्रम तय भएको छ ।

शनिबार उनी चौधरी समूहले नवलपरासीमा निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । शनिबारदेखि सोमबारसम्म त्यहाँ हनुमान कथा वाचन गर्नेछन् ।

Comment


Related News

Latest News

Trending News