अपडेट 
२०८० भाद्र २, शनिबार ०७:४१

भारतको बिहारमा अपर ाधीहरुले एक युवा पत्रकारको हत्या गरेका छन् । अपराधीहरुले शुक्रबार दैनिक जागरणका स्थानीय सम्वाददाताको हत्या गरेका छन् ।

बिहारको अररिया रानीगंज बस्ने पत्रकार बिमल मण्डललाई बिहान घरमै पुगेर अपराधिहरुले गोली हाने पछि मृत्यु भएको छ । मण्डल घरमै सुतिरहेको अवस्थामा ‘बिमल भैया, बिमल भैया’भन्दै डाकदा घरबाट निस्कने क्रममा अपराधीहरुले छातीमा गोली हानेको भारतीय संचार माध्यमहरु जनाएका छन् । गोलीलागे पछि मण्डलको घटना स्थलमै मृत्यु भएको छ । बिहारमा पत्रकार माथी आक्रमणको घटनाले चिन्तित बनाएको दैनिक जागरण मुज्जफरपुरका पत्रकार अमरेन्द्र तिवारीले बताए । उनले भने, ‘विगतको एक बर्षमा क्रमबद्धरुपमा पक्रकारहरु अपराधीहरुको तगारो बन्दै गएका छन्, सितामढीमा अजय बिद्रोहिको हत्या, छपराको महराजगंज र बैशाली लगायत पत्रकार माथिको अक्रमणको घटनाले स्वतन्त्र पत्रकारीतालाई ठूलो चुनौती उत्पन्न गरेको छ ।’

मण्डलको हत्याको पत्रकारहरुका विभिन्न संघ सगठनहरुले बिरोध गर्दै अपराधीहरुलाई अविलम्ब कारवाही गर्न मांग गरेका छन । मीडिया फार बार्डर हार्मेनीका अध्यक्ष अमरेन्द्र तिवारीले एक बिज्ञप्ती जारी गरी पीडÞित परिवारको सुरक्षा, २५ लाख क्षतिपूर्ति र मृतक मण्डलका सन्तानलाई सर कारी खर्चमा अध्यन अध्यापनको व्यवस्था मिलाउन बिहार सरकारसंग मांग गरको छन् । मिडिया फर बोर्डर हार्मोनीका संर क्षक सांसद अजय निषादले बिहारमा पत्रकार माथिको आक्रमणको क्रमले संचारजगतलाई चिन्तीत बनाए बताउदै अपराधीहरुलाई अबिलम्ब पक्राउ गरि कानुनी दायरामा ल्याउन मांग गरे । उनले पक्रकार माथिको लगातरका अक्रमणको घटनालाई राज्य सरकारले निस्तेज पार्न आवश्यक कदम चल्नु पर्ने आवश्यकता रहेको बताए ।

Comment


Related News

Latest News

Trending News