
जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले जनमत पार्टीको जनमत संग्रहलाई सस्तो लोकप्रियता, काम नपाएको र जनतालाई मुर्ख बनाएर राख्ने हतकण्डा रहेको प्रतिक्रिया दिएका छन् ।
उनले जनमतका राष्ट्रिय अध्यक्ष सीके राउतले आफ्ना कार्यकर्ताबाट जनमत संग्रह गराएका छन् जव कि जनमत संग्रह जनताको बीचमा हुने गरेको बताएका छन् । उनले भने–‘जनमत संग्रह आफ्नै कार्यकर्ताबाट मतदान गराएर भएको हेर्नु वा सुन्नु भएको छ ? ’ उनको पोलिटिक्स भनेको जनतालाई कसरी मुर्ख बनाएर राख्न सकिन्छ त्यसमा केन्द्रित हुन्छ उनले भने । जनमतका अध्यक्ष राउतले विगतमा उठाएका मुद्दाहरु विसर्जन गरी जनतालाई मुर्ख बनाउँछन्,उनले भने–‘शुरु देखिनै विसर्जनवादको राजनीति गर्नेसंग यो भन्दा बढी अपेक्षा राख्नुनै मुर्खता होला । स्थानीय तह, प्रदेश वा संघीय सरकारबाट नयाँ केही गर्न सकेका छैनन् ।’ प्रवक्ता सुमनले जनमत पार्टीका राष्ट्रिय अध्यक्षप्रति टिप्पणी गर्दै कुन ठूला योजना आफ्नो क्षेत्रमा लिएर गएका छन् देखाउन भन्दै राउतबाट जनताले गरेको अपेक्षाको १० प्रतिशतसमेत पूरा हुन नसक्ने बताए ।