अपडेट 
२०८० भाद्र ३, आईतवार ०७:३०

धनुषाको मिथिलाबिहारी नगरपालिका वडा न.६ का वडा अध्यक्ष विमरेश यादवले वडाका सेवागा्रहीसंग व्यवस्थापन या अन्य खर्चको नाममा कुनै किसिमको रकम नलिएको दाबी गरेका छन् ।

शनिबार वडा कार्यलयमा बसेको सर्वदलीय बैठकपछि सञ्चार कर्मीहरुसंग कुराकानी गर्दै वडाका सेवाग्राहीले कुनै किसिमको रकम वडाले बिना रसीद तिर्न लगाएको पुष्टि भए आफू जुनसुकै सजाए भोग्न तयार रहेको बताए ।विपक्षी र केही परिचालित व्यक्तिहरुले आफ्नो रिसबी पोख्न आफू विरुद्ध षड्यन्त्र गर्न खोजेको उनले दाबी गरेका छन् । यादव निर्वाचित हुनु पूर्व चुनावमा आफू जिते सेवाग्राहीबाट विभिन्न कार्यहरुको र ाजस्व नलिने घोषणा गरेका थिए । तर केही दिन अगाडि उनले २०० रुपैयाँप्रति सेवाग्राहीसंग रकम विना रसीद विभिन्न बहानामा उठाएको भनी अख्तियारमा उजुरी परेको थियो ।

पूर्व वडाअध्क्षहरु सामू वडावासीले आफ्नो समस्यासमेत राख्न डराउनु पर्ने चलन रहिआएकोमा आफू निर्वाचित भएपछि वडा र वडावासिले प्रत्यक्ष रुपमा भेटेरै समस्या र गुनासो गर्ने गरेको र आफूले ती समस्याहरुको समाधान गरेको अध्क्ष यादवले बताए । उनले यस वडाका जनताले प्रजातन्त्र महशुस गरेको दाबी गरे ।

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले नगरपालिकालाई राय प्रतिक्रिया तथा कागजात उपलब्ध गराउन पत्र लेखेको थियो । उक्त पत्र नगरपालिकाले प्राप्त गरेसंगै वडा कार्यालयलाई स्पष्टीकरणसहित कागजात उपलब्ध गराउन पत्र पठाएको थियो ।

Comment


Related News

Latest News

Trending News