अपडेट 
२०८० भाद्र ३, आईतवार ०८:२१

वर्षौदेखि बन्द रहेको श्रीराम सुगर मिल्स लिमिटेड गरुडा रौतहटका संचालनको लागि आयोजना गरिएको वृहत् किसान आम सभा कार्यक्रम शनिबार मिल्सको मैदानमा सम्पन्न भएको छ ।

उखु उत्पादक संघ रौतहटले आयोजना गरेको वृहत् आम सभामा सहभागी भएका सतारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुले बन्द रहेको चीनी उद्योग संचालनका लागि एकबद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले उद्योग संचालन गर ाउनको लागि ३० करोड रकम संघीय सरकारबाट व्यवस्थापन गर ाउने प्रतिवद्धता जनाए । २०५१ सालमा स्थापना भएको श्रीराम सुगर मिल्सको लागि नेपाली कांग्रेसका पूर्व मन्त्री शेख इद्रिसको अहम योगदान भएको चर्चा गर्दै रौतहट, वारा र सर्लाहीको किसानको मेरुदण्डको रुपमा रहेका उद्योग संचालन गर ाएर छाड्ने उद्घोषसमेत गरेका थिए । रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्य किरण साहले बन्द रहेको चीनी उद्योगको लिलामी प्रक्रियाबाट जोगाउन कानुनी प्रक्रिया अपनाउनुपर्ने बताए । उनले सञ्चालनको लागि सडकदेखि सदनसम्म आवाज उठाउनुपर्नेमा जोड दिए । मधेश प्रदेशमा बन्द भएको उद्योग कल कारखाना संचालन गराउन सदनमा आवाज उठाएको बताउँदै रौतहटको धरोहरको रुपमा रहेको चीनी मिलको जग्गा बिक्री गर्न कसैले चाहे रौतहटका जनता त्यसको प्रतिकार्य गर्न पछि नहट्ने बताए ।

आम सभामा मधेश प्रदेश सरकारका उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्री अब्बुल कलाम अजाद (फुलबाबु)ले प्रदेश सरकार, संघ सरकार र स्थानीय सरकारको सहयोग गर्नुपर्ने बताए । चीनी मिल संचालनको लागि पटक पटक आवाज र संघर्ष गर्दै आएका संघका अध्यक्ष अशोक यादवको सभापतित्वमा सम्पन्न भएको आम सभामा पूर्व संविधान सभा सदस्य राम कुमार भट्टराई, पूर्व र ाजदूत डाक्टर बंशीधर मिश्र, पूर्व कृषि राज्यमन्त्री योगेन्द्र यादव, प्रदेश सांसद कनिश पटेल, सुनिल यादव, गरुडा नगर पालिकाका मेयर कन्थ मुनि जयसवाल, बौद्धिमाइ नगरपालिकाका मेयर प्रदीप यादव, वृन्दावन नगर पालिकाका नगर प्रमुख विनोद पटेल, पूर्व मेयर राम स्नेही यादव नगर प्रत्यासी वृजकिशोर यादव, अनिल यादव, दीपक यादव, सुनिल यादव, विजय यादवलगायतका वक्ताहरुले आ –आफ्ना मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News