अपडेट 
२०८० भाद्र ३, आईतवार ०८:२४

नपालको राजनीतिमा रौतहटको आन्दोलनका प्रसंगले वर्तमान सरकारको भविष्यबारे गणितीय लुकामारी भइरहँदा मलाई करीब सात वर्ष अघिको गरुडामा भएको नेपाल कम्युनिष्ट पार्टीद्वारा आयोजित आमसभाका प्रसंग उल्लेख गर्न मनले आदेश दिएको छ । किनभने यो देशमा आदेशकै भर मा सत्ता परिवर्तनसम्मका घटना भएको यथार्थ छ । नाटकको दृश्य परिवर्तन भए जस्तै स्वार्थ नामक पात्रको नाटकीयताले परिस्थितिलाई अस्थिर र कौतुक बनाएको छ । गरुडामा भएको त्यसताकाको दृश्यमा उत्प्ररित गर्ने तत्व समाहित थियो , सबैलाई राजनीतिको मूल गन्तव्यतिर ध्यानाकर्षण गराइरहेको थियो । सात वर्ष अघिको आमसभामा अकस्मात उपस्थित जनता समक्ष पशुपति को हुनुहुन्छ भनी प्रश्न गर्दा जनता एक छिन अनुत्तरित देखिए ।

प्रदेश स्तरीय आमसभामा उद्घोषक सुमन ¥याकुरेलले सो प्रश्न गर्दा बहुसंख्यक जनता अनुत्तरित देखिएका थिए । सभामा दिउँसो १.४५ बज त्यसबेलाका प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली , पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मञ्चमा आसीन हुँदा सो प्रश्नको उत्तरका लागि केही मार्ग खुले पनि कौतुहलता कायम नै रहयो । ओली र प्रचण्ड रौतहटको विभिन्न स्थानमा भूमिगत भइ राजनीतिको ध्येय पूरा गर्न सङ्गठन र आन्दोलन गरेका कारण यी दुईमध्ये नै कोही हुन सकिने अनुमान सञ्चारकर्मीले गरिरहेका थिए । सञ्चारकर्मीहरूले अनुमानको साटासाट गरिरहँदा पनि बहुसंख्यक जनतामा सो प्रश्नप्रतिको जिज्ञासा शान्त भएको थिएन् । सोही बेलामा उद्घोषक ¥याकुरेलले पशुपति पातलो शरीरका थिए भनी अर्को जिज्ञासा र घटनाको संस्मरण सुनाए । प्रसङग निरङ्कुशता विरूद्धको आन्दोलनसँग र माओवादी जनविद्रोहसँग सम्बन्धित रहेको थियो । रौतहट जिल्लालाई निर ङ्कुशता विरूद्धको आन्दोलनका लागि रणनीति र किसानको विद्रोहको विगुल फुक्ने श्रेय पनि प्राप्त छ । यसै कारण स्थानीय स्तरमा भनाइ छ ,“ रौतहटके ढेलो बोलए छे , आब जमिन्दारी नहि चलतौ ।” अर्थात् रौतहटको ढुङ्गाले सधैं सामन्तवाद विरूद्ध लडेको बोघ उक्त कथनले पुष्टि गर्दछ । कथनमा निरंकुशता र सामन्तवाद विरुद्धको इतिहास छ ।

रौतहटको बरगिनियाँमा नेपाली काङ्ग्रेसले निरङ्कुशता विरूद्ध आन्दोलनको रणनीति तय र विक्रम सम्वत २००६ सालमा किसानको विद्रोहले नेपालमा परिवर्तनको जग स्थापना गरेको बताइन्छ । पशुपति को हुन भनी प्रश्नको जिज्ञासा बढिरहेकै क्षण पूर्वप्रधानमन्त्री माधव नेपालले आमसभलाई सम्बोधन गर्दे घटना उल्लेख गर्दे भने ४६ वर्ष पूर्व एक युवक रौतहटको इनरवारीमा शिवधारी पटेलको घरमा भूमिगत भइ आन्दोलनको विगुल फुकेका थिए । यो प्रसङ्गले रौतहटवासीले अनुमान गरी एक आपसमा कानेखुशी गर्न थालका थिए । शिवधारी पटेल सभामै उपस्थित थिए । उच्च सुरक्षाकर्मीको घेराका कारण पटेललाई मञ्चमा पुशपतिलाई भेटी स्वागत गर्न कठिन थियो । त्यही बेलामा उद्घोषकले पटेललाई मञ्चको देब्रेपट्टि आउन आग्रह गरेपछि पटेल फूलमाला लिइ मञ्चको देब्रेपट्टि आइ उभिन पुगेका थिए । पटेल मञ्चनिर उभिरहेकै बेलामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सम्बोधन गर्दे यही भूमिबाट जनयुद्धलाई प्रेरणा प्राप्त भइ युगान्तकारी परिवर्तन भएको स्मरण गरे । प्रचण्डको सम्बोधनपछि पनि पशुपति को हुन ? भनी प्रश्नको उत्तर बहुसंख्यक जनताले पाउन सकेन । अन्ततः यो प्रश्नको जिज्ञासा त्यति खेर शान्त भयो जब पटेल फूलमाला लिइ त्यसबेलाका प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गरे । भूमिगत कालमा रौतहटमा वस्दा उनको नाम पशुपति शर्मा रहेको थियो ।

आमसभामा केपी ओलीले इनरबार ीमा वास वसी ४६ वर्ष पूर्व राजतन्त्र विरूद्ध विगुल फुकेका कारण कोपबाबाट पक्राउ गरि एको क्षणको कारुणिकतासँगै ४६ वर्ष पूर्वका सहयोगीहरू कुलदीप राउत ,गेना राउत , सीतार ामको योगदानको प्रशंसासमेत गरेका थिए । सभामा पूर्व प्रधानमन्त्री माधव नेपाल रौतहटको इतिहाससँगे त्यस क्षेत्रमा विद्यमान सामन्तवादी संरचनालाई रौतवासीको जनचेतनाको खुलेर वकालत गर्दे भनेका थिए यस क्षेत्रको ढेला पनि दासत्व , निरंकुशता विरुद्धको प्रतीक छ र जनमानसमा ढेला पनि मुिक्तको शंखनाद गरिहेको छ । बुढापाकाहरुको ढेला बारेको भनाइमा २०६३ चैतको ७ गतेको भाटा प्रकरणले विगतको भनाइसँगै थप भनाइ जनमानसमा कारुणिकता ग्रहण गरेको छ । ढेलाको इतिहासबारे आफूलाई त्यति जानकारी नभए पनि भाटा प्रकरणले ढेलालाई पनि उछिनेका कारण १७ वर्ष अघिको घटनालाई नियाँल्न बाध्य पारेको छ । २०६३ साल चैत ७ गते गौर स्थित र ाइस मिलको चौरमा भएको आक्रमणमा माओवादी कार्यकर्ता मारिएका थिए । त्यो दिन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले फोर मले तय गरेको दिन र समयमा कार्यक्रम राख्दा कार्यकर्ताबीचको झडपमा २७ जनाको ज्यान गएको थियो । त्यस बखतको मानव अधिकार को आयोगको प्रतिवेदन अनुसार अपरिचित व्यक्तिहरुलाई लखेटी–लखेटी घरेलु हतियारले मारेको उल्लेख पाइन्छ ।

सबै व्यक्तिलाई लखेटेर टाउकोमा भाटा प्रहारले ज्यान गएको कारण उल्लेख छ । घटनास्थलमा ६ जनाको शव भेटिएको थियो भने त्यसभन्दा ६/७ किलोमिटर टाढा १२ जनाको शव एकै ठाउँमा भेटिएको थियो । अन्य लाश घटनास्थल वरपर भेटिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।आयोगले घटनाबारेमा पूर्वनियोजित ,मनसाययुक्त र क्रूर तरिकाले गरिएको राय दिएको छ । आयोगकै रायलाई विचार गर्ने हो भने पूर्वनियोजित र मनसाययुक्त शब्दको संकेत कतातिर हो ? फोर मको कार्यक्रम निर्धारण भइसकेको अवस्थामा तत्कालीन माओवादीका नेता प्रभु साहले चितवनबाट माओवादी कार्यकर्ता ल्याइ त्यही दिन एकै समयमा कार्यक्रम गर्ने मनसाय के थियो ? यसबारे बहस हुनु पर्दथ्यो , १७ वर्षसम्म बहस भएन , अहिले पुनःप्रभु साहकै चक्रव्यूहमा वर्तमान सरकारका प्रधानमन्त्री र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल फसेका छन् । प्रचण्ड नेतृत्वको सरकारले पीडित संघर्ष समितिसँग पाँच बुँदै सहमति गरेपछि र ाजनीति तरंगित भएको छ । सहमतिको पहिलो बुँदामा घटनाको तत् समयमा दर्ता भएको जाहेरीसमेतलाई छानबिन र अनुसन्धान गरी प्रमाणका आधारमा दोषीलाई कानुनी कारवाही प्रक्रिया अगाडि बढाइने उल्लेख छ । निवेदकहरु जाहेरीमा तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवलाई मुख्य दोषी ठहर गरेका छन् ।

घटनाको फाइल खोलिने चर्चाले उपेन्द्र यादव र माधव नेपालको राजनीतिक इतिहासलाई समाप्त पार्ने प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको षड्यन्त्र हो जस्ता चर्चाले गठबन्धनको सरकारबारे भविष्यवाणी शुभारम्भ भइसकेको छ । प्रभु साहमाथि पनि एक जना हिन्दुवादी नेताको हत्याको आरोप छ । साह माओवादी , एमाले हुँदै आमजनता पार्टीको नेतृत्व गरिरहेका छन् । रौतहटको स्थिति बोध हुँदाहुँदै पनि २०६३ सालमा राइस मिलमा सभा आयोजनको परिणामबारे चिन्तन नगर्नु विडम्बनापूर्ण छ । अब सात वर्षअधि गरुडामा सुनेको पशुपति शर्मा(केपी ओली) प्रचण्डलाई रौतहटकै ढेला रुपी अस्त्रलाई सत्ता परिवर्तनमा रुपान्तरण गर्ने अभ्यास गरिरहेका छन् ।भित्रै भित्रै नयाँ समीकरणको अभ्यासको चर्चामा ढेलाको प्रतीकात्मक स्वरुप फेरिएको छ । ढेला भाटा स्वरुपमा देखिएको छ । भाटारुपी स्वरुपले कसलाई कहाँ पु¥याउने छ ? आउने दिनको प्रतीक्षामा भन्न मन लागेको छ..“ढेलो सँ बेसी अग्रगामी भाटा भेल जा रहल अछि”।

Comment


Related News

Latest News

Trending News