अपडेट 
२०८० भाद्र ३, आईतवार ०८:४४

हङकङबाट मोटरसाइकलमा राख्ने ‘ब्रेक शु’ मा लुकाएर ल्याइएको ६० किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिनुभएको छ ।

तीन जना चिनियाँ नागरिकसँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी भएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट जारी भएको नागरिकता फेला परेको पनि उहाँले बताउनुभयो ।

बिहीवार राति थप दुई जना चिनियाँ नागरिक पक्राउ परेपछि यो प्रकरणमा पक्राउ पर्ने चिनियाँ नागरिकको सङ्ख्या सात पुगेको छ । सुन तस्करी प्रकरणमा अहिलेसम्म २३ जनालाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक शु बरामद गरेको थियो । दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

Comment


Related News

Latest News

Trending News