अपडेट 
२०८० भाद्र ३, आईतवार ११:४१

घरमै भएको आक्रमण परी घाइते भएकी बाराको पचरौता नगरपालिकाकी उपमेयर नसिमा खातुनलाई आइसियूमा भर्ना गराउनु परेको छ ।

परवानीपुरस्थित न्यूरो अस्पतालको आइसियू कक्षमा उपमेयर खातुनको उपचार चल्दैछ । उनको मोबाइलमा सम्पर्क गर्दा आफन्त ओरन्जेब आलमले भने, ‘उहाँसम्म कुरा हुँदैन सर ‌। कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्न । आइसियूमा उपचाररत हुनुहुन्छ।’

शनिवार राती एक समूहले बैरियास्थित उपमेयर खातुनको घरमा आक्रमण गरेको थियो ‌। आक्रमणकारीले उनका पति नेवाजी अन्सारीसहित परिवारका अन्य सदस्यलाई पनि कुटपिट गरेका थिए ।

घाइते उपमेयर खातुन, उनका श्रीमान् र परिवारका अन्य सदस्यलाई आफन्त र स्थानीयले तत्कालै परवानीपुरस्थित न्यूरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

आक्रमणपछि घटनास्थलमा दराज, बाकस र सामानहरू फालिएको देखिएको छ । बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनका अनुसार उपमेयर खातुनको घरमा दुई पक्षबीच दोहोरो झडप भएको थियो ।

Comment


Related News

Latest News

Trending News