अपडेट 
२०८० भाद्र ४, सोमबार ०७:२०

सडकमा फोहर फाल्ने वडा अध्यक्षलाई वीरगञ्ज महानगर पालिकाले दण्डित गरेको छ । सडकमा फोहोर फालेको भन्दै वीरगञ्ज महानगर पालिकाले वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश शाहलाई दण्डित गरेको छ ।

सडकमा जथाभाबी फोहोर फालेको आरोपमा महानगर पालिकाको सरसफाइ शाखाले २ हजार रुपैयाँ जरीबाना गरेको छ । सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले, वडा अध्यक्षले घर अगाडि कचडा फोहर फालेको कारण उनलाई २ हजार रुपैया जरिवाना गरिएको जाानकारी दिए । उनले भने–‘वडाध्यक्ष शाहले आफ्नो घर अगाडि फोहोर फालेको गुनासो आएपछि उनलाई कारबाही स्वरूप २ हजार रुपैयाँ जरि वाना गरी दण्डित गरिएको छ ।’ तर वडा अध्यक्ष शाहले आफूसंग राजनीतिक प्रतिशोध साधिएको बताए । उनले आफ्नो फेसबुक वालमा स्पष्टीकरण राख्दै घरमा र ाखिएको कचडा आफूले सफा गरे पनि महानगरपालिकाका नेतृत्व पक्षले राजनीतिक प्रतिशोध साध्नको लागी घटनाको एक दिन पछि मलाई नगर प्रहरीहरुले हुल हुज्जत गर्दै, जबर्जस्ती जरिवाना तिराउन लगाइएको भिडियो सार्वजनिक गरेको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा र स्वच्छ शहर बनाउने उद्देश्यका साथ महानगरपालिकाले गत पुस दोस्रो साता देखि सडक, पेटी, नाला वा खाली जग्गामा फोहोर फाल्नेलाई आर्थिक जरिवाना गरी कारबाही गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News