अपडेट 
२०८० भाद्र ४, सोमबार ०७:३३

जीतपुरसिमरा उपमहानगर पालिका वडा नं.२३ को वडा कार्यालयमा ताल्चा लगाइ जनप्रतिनिधि देखि कर्मचारी गायव भएका छन् ।

कर्मचारीहरु गायव हुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालयमा काम गराउन आएका सेवाग्राहीहरु कार्यालय बन्द भएको देखेर फर्किने गरेका छन् । सेवाग्राहीको गुनासोपछि उपमहानगरपालिकाबाट गएका राजश्व शाखा प्रमुख अधिकृत रमेश सुवेदी र प्रशासन शाखा प्रमुख अधिकृत रामेश्वर बन्जाराको टोलीले वडा कार्यालयमा ताल्चा लगाइ बन्द गरेका छन् । वडा कार्यालय बन्द भएको विषयमा उपमहानगरपालिकाको कार्यालयलाई कुनै जानकारी नभएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

यता जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ का वडा अध्यक्ष मुस्तकिम अंसार ीलाई सोध्दा काम विशेषले कर्मचारीहरु बाहिर जाँदा ताल्चा लगाएको जानकारी दिए । अनि के कारणले बाहिर गएको हो भन्ने प्रश्नमा केही बताउँन चाहेनन् । वडा कार्यालयमा ब्यक्तिगत सम्पत्ति सरह ताल्चा लगाइ बाहिर जानु गलत भएको उनले स्वीकार गरे । अब देखि वडा कार्यालयले यस्तो गल्ती नदोहराउँने प्रतिबद्धता वडा अध्यक्ष अंसारीले जनाए ।

Comment


Related News

Latest News

Trending News