अपडेट 
२०८० भाद्र ४, सोमबार ०९:१२

चोरी गरी बोरामा राखेर भरत तर्फ लैजाँदै गरेका दुई बालबालिकालाई उद्धार गरिएको छ भने चोरलाई पनि समात्न प्रहरी सफल भएको छ ।

बारा देवताल गाउँपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र स्थानीय प्रेमचन्द्र महत्तोको २ वर्षीय छोरा सत्यम कुमार महत्तोलाई प्रहरी उद्धार गरेको हो । बच्चालाई लैजाने भरत बिहारको पुर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधापुर बस्ने बर्ष २२ का ताबरेज आलमलाई सशस्त्र प्रहरी पक्राउ गरेको हो ।

बोरामा राखी भारत तर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनि सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेक्वा बारा मातहतको बिओपी दक्षिणझिट्कैयाबाट मिलन श्रेष्ठको कमाण्डमा खटेको टोलीले शंका लागी चेक जाँच गर्दा दुबै बच्चालाई उद्धार गरिएको बाराका सशस्त्रका एसपी टोपबहादुर डागीले जानकारी दिए ।

उनका अनुसार उद्धार गरिएका बालबालिकालाई अभिभावकलाई जिम्मा लगाएको छ । चोरी गर्ने व्यक्तिलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News