अपडेट 
२०८० भाद्र ४, सोमबार १८:४८

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनुभएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतबिभाजनका क्रममा थापाको पक्षमा ४७ मत परेको थियो भने विपक्षमा ३० मत परेको थियो । ९३ सांसद रहेको प्रदेशसभामा ७७ जना मात्रै मतबिभाजनमा सहभागी भएका थिए ।

विश्वासको मतका क्रममा प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको थियो । मतदानको समय सकिएपछि मत सच्चाउन समयकाबीच केहिबेर अर्का सांसदलाई सभाध्यक्षको जिम्मेवारी दिएर उहाले मत दिनुभएको थियो । मन्सुरीले मत दिएर पुनः सभामुखको आसनमा गएपछि एमाले सांसदहरुले नाराबाजी गर्दै विरोध गरेका थिए ।

Comment


Related News

Latest News

Trending News