अपडेट 
२०८० भाद्र ४, सोमबार १८:५१

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन हुनुभएको छ ।

संसदीय विशेष सुनुवाइ समितिले आज गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

अब राष्ट्रपतिले उहाँलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्नुहुने छ ।

सुनुवाइअघि उजुरीकर्ताहरुसँग छलफल पनि भएको थियो । श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका थिए। श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पृष्ठको योजना पेस गर्नुभएको छ । श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नुहुने छ ।

२०१६ साल असोज २० मा डोटीको सिलगढीमा जन्मनुभएका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गर्नुभएको हो ।

उहाँ २०७३ साल साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त हुनुभएको हो । उहाँले २०८१ सालको असोज २० गते ६५ वर्षे उमेरहदका कारण अवकाश पाउनुहुनेछ ।

Comment


Related News

Latest News

Trending News