अपडेट 
२०८० भाद्र ५, मंगलवार ०७:१६

सत्तारूढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर बनेको समाजवादी मोर्चाले ७७ वटै जिल्लामा संयुक्त समन्वय समिति गठन गर्ने भएको छ ।

प्रदेश समन्वय समितिमा पार्टीको प्रदेश प्रमुखसहित ३/३ जना चार दलबाट प्रतिनिधित्व हुने गरी गठन गर्ने गरी मोर्चाले आ– आफ्नो पार्टीमार्फत विशेष परिपत्र पठाएको स्रोतले जनाएको छ । त्यस्तै जिल्ला पार्टी प्रमुख सहित २/२ जना रहने गरी गठन गर्ने, समन्वय समिति गठन गर्दा समावेशी बनाउन जोड दिने लगायतका विषय सर्कुलरमा समेटिएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । प्रदेश र जिल्ला दुवै स्तरमा सबै दलबाट १/१ जना प्रतिनिधित्व रहने गरी सचिवालय गठन गरी संचालन गर्न सकिने समेत उल्लेख छ ।

मोर्चाको सोमबार बसेको बैठकले भदौ ८ गतेदेखि २५ गतेसम्म सातै प्रदेशको मुख्य–मुख्य शहरमा सभा गर्ने निर्णय यसअघि नै सार्वजनिक गरिसकेको छ । जसअनुसार बैठकले कार्यविधि र अवधारणापत्र पारित गर्दै सार्वजनिक गर्ने निर्णय पनि गरेको थियो । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चा बैठकले कार्यक्रमको मिति तय गर्दै त्यसका लागि दलहरुबाट आयोजक समेत चुनिएको थियो । जसअनुसार भदौ ८ गते वीरगञ्जमा मधेश प्रदेशको मोर्चा घोषणा कार्यक्रम हुनेछ । जसको आयोजक जनता समाजवादी पार्टी (जसपा) रहने तय भएको छ । यसैगरी भदौ २५ गते कोशी प्रदेशको विराटनगरमा जनता समाजवादी पार्टी (जसपा)को आयोजनामा कार्यक्रम हुनेछ । सबै कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News