अपडेट 
२०८० भाद्र ५, मंगलवार ०७:२९

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले एक हजार ९७ जना सेवाग्राहीलाई कालो सूचीमा राखेको छ ।

जसमध्ये १४ जनाले भुक्तानी गरी पुनः विद्युत जडान गराएका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाका अनुसार अहिले पनि कालो सूचीमा रहेकाहरूबाट दुई करोड ६० लाख ८८ हजार ४८ रुपैयाँ उठाउन बाँकी रहेको छ । जिल्लामा प्राधिकरणको कलैया, सिमरा र सिम्रौनगढगरी तीन वटा केन्द्रले अलग–अलग एरियामा सेवा दिँदै आएको छ । त्यसमध्ये कलैया वितरण केन्द्रमा ६२ हजार २ सय २५ ग्राहक आबद्ध रहेका कार्यालय प्रमुख ऋषि कुमार वर्णवालले बताए । “५८ हजार २ सय ६ जना ग्राहक रहेकोमा गत आर्थिक वर्ष २०७९/०८० मा ४ हजार १९ जना ग्राहक थप भएको छ, कलैया एरिया अन्तर्गत ९५.५ प्रतिशत विद्युतीकरण भएको छ,” उनले भने ।

आर्थिक वर्ष ०८० असार मसान्तसम्म ९५ करोड २५ लाख ८३ हजार ३३२ रुपैयाँ पहिलेको विद्युत् महसुल उठाउन बाँकी रहेको छ । ८ करोड ९६ लाख ९४ हजार ३२ युनिट विद्युत आयात गरेकोमा ५ करोड ९९ लाख ११ हजार ५११ युनिट विद्युत बिक्री भएको र ३३.२ प्रतिशत विद्युत् ह्रास भएको प्रमुख वर्णवालले जानकारी दिए । ५१ करोड ८६ लाख बराबरको विद्युत बिक्री भएकोमा त्यसबापत ४७ करोड ५२ लाख रुपैयाँ असुली भएको छ भने ४ करोड ३४ लाख रकम उठाउन बाँकी रहेको छ ।

विद्युत् चोरीमा संलग्न रहेका दुई सय ६६ जनालाई पक्राउ गरि नुको साथै ३६५ वटा विभिन्न विद्युतीय उपकरणहरू नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउँदा ३० लाख १९ हजार ८ सय ३१ रुपैयाँ जरिवाना असुली गरिएको छ । उनीहरूले दुई लाख ४१ हजार युनिट विद्युत चोरी गरेको पाइएको छ । यसैगरी, सात करोड ४३ लाख ७१ हजार १३८ रुपैयाँ विद्युत् महसुल बाँकी राखेका एक हजार ११४ जना ग्राहकको लाइन काटिएपछि ८७३ जनाले तीन करोड ६० लाख १३ हजार ६९५ रुपैयाँ तिरेर पुनः विद्युत् जडान गराएको कार्यालयका सूचना अधिकारी एवम् लेखापाल राजीव कुमार साहले जानकारी दिए । उनका अनुसार गर्मी बढेसँगै विद्युत खपत बढेको छ, साथै विद्युत चोरी पनि बढेको छ । विद्युतीय भार बढेको कारण ६४ वटा ट्रान्सफर्मर जलेको छ । गतवर्ष ५३ वटा जलेको प्राधिकरणले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News