अपडेट 
२०८० भाद्र ५, मंगलवार १७:१७

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । आज मङ्गलवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई शीतल निवासमा शपथ गराउनुभएकाे हाे ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले हिजाे साेमवार श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले हिजाे नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।

विसं २०१६ असोज २० मा डोटीमा जन्मिनुभएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा अहिले काठमाण्डाैकाे कुलेश्वरमा बस्दै आउनुभएको छ । श्रेष्ठ विसं २०८१ असोज १९ गतेपछि अनिवार्य अवकाश हुनुहुनेछ ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।

Comment


Related News

Latest News

Trending News