अपडेट 
२०८० भाद्र ६, बुधबार १६:३४

जनकपुरधाम उप–महानगरपालिकाले ८० बर्ग मिटर जग्गाको बाटो निर्धारण नगरेपछि जनकपुरधाममा किताकाट शुरु हुन सकेको छैन् । स्थानीयबासीहरुले नापी र मालपोत कार्यालयले किताकाट रोकेको भन्दै नापी र मालपोत कार्यालयमा आज आन्दोलन गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलेनै मुलुक भरिको किताकाट हुने भनिए पनि जनकपुरधामको किताकाट शुरु हुन नसकेपछि स्थानीयबासीहरु आन्दोलित भएका छन् ।

स्थानीयबासीहरुले विभिन्न चार बुन्दे माग राख्दै नापी र मालपोत विरुद्ध आन्दोलन गरेका छन् । सेवाग्राहीको माग पुरा गर, बन्द रहेको किताकाट सुचारु गर, सेवाग्राहीमाथिको दमन र अत्याचार बन्द गर तथा घुसखोरी र भ्रष्टाचार बन्द भन्दै उनीहरुले आन्दोलन गरेका थिए ।
तर, नापी कार्यालयका प्रमुख सुमन मिश्रले भने भदै ४ गते नापी विभागले पठाएको परिपत्र हेर्दा १३० वर्गमिटर जग्गाको किताकाट हुन सक्ने तर, कसैले ८० वर्गमिटर जग्गाको किताकाट माग भने नहुने बताए । उनले जनकपुरधाम उप–महानगरपालिकाको हकमा कृषि र गैरकृषि तोकिएको बताएका छन् । उनले गैरकृषि जग्गाको किताकाट गर्दा ८० वर्ग मिटर न्युनतम गर्नु पर्यो भने सवै सम्वन्धित स्थानीय तहले निर्धारण गरेको सडक तथा बाटोको मापदण्डको आधारमा स्थानीय तहको सिफारिस बमोजिम ८० वर्गमिटर किताकाट गर्न मिल्छ उनले भने ।

प्रमुख मिश्रले यस बिषयमा नापी, मालपोत र जिल्ला प्रहरीका साथिहरु बसेर छलफल गरी ऐन बमोजिम काम हुन्छ भने सेवाग्राहीलाई समय बर्वाद नहोस भने काम गरिदिनु पर्छ निष्कर्ष निकालेको बताए । उनले भने–‘यस बिषमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहलाई समेत जानकारी गराएका छौं ।’

जनकपुरधाम उप–महानगरपालिकाबाट निर्धारण गरिएको सडकको विस्तृत आयो भने किताकाट गर्न नापी कुनै बेला पछि नपर्ने प्रमुख मिश्रले प्रतिवद्धता समेत जनाए ।

Comment


Related News

Latest News

Trending News