अपडेट 
२०८० भाद्र ७, बिहीबार ०७:२७

मधेश प्रदेशको ८ वटै जिल्लामा अहिले सम्म ८२.५८ प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत आर्थिक वर्षमा यो अवधिमा ९७ प्रतिशत धान रोपाइँ भइसकेको थियो ।

मधेश प्रदेशका कृषि विकास निर्देशनालयका अनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी ९८ प्रतिशत धान रोपाइँ बारा जिल्लामा भएको छ भने सबैभन्दा कम महोत्तरीमा ६५ प्रतिशत धान रोपाइँ भएको छ ।

बरामा धान रोपाइँ हुने कुल क्षेत्रफल ४६ हजार २० हेक्टर रहेकोमा त्यसमा हालसम्म ४५ हजार ९९.६ हेक्टरमा धान रोपाइँ भइसकेको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, पर्सामा धान रोपाइँ हुने कुल क्षेत्रफल ४७ हजार १ सय ३० रहेकोमा त्यसमा ४५ हजार ७ सय १६.१ हेक्टरमा अर्थात ९७ प्रतिशत धान रोपाइँ भइसकेको छ ।

रौतहटमा धान रोपाइँ हुने कुल क्षेत्रफल ३५ हजार हेक्टर रहेकोमा हालसम्म ३३ हजार ६ सय हेक्टर (९६ प्रतिशत), सर्लाहीमा धान रोपाइँ हुने कुल क्षेत्रफल ४६ हजार हेक्टर रहेकोमा त्यसमा ३३ हजार ६ सय ( ८० प्रतिशत) धनुषा जिल्लामा धान रोपाइँ हुने कुल क्षेत्रफल ५८ हजार हेक्टर रहेकोमा ४० हजार ६ सय हेक्टरमा धान (७०प्रतिशत) धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी, सिरहामा धान रोपाइँ हुने कुल क्षेत्रफल ५४ हजार रहेकोमा त्यसमा ३७ हजार ८ सय हेक्टरम( ७० प्रतिशत) धान रोपाइँ भइसकेको छ । यो सिरहा जिल्लाको कुल धान रोपाइँको (७० प्रतिशत) र सप्तरीमा धान रोपाइँ हुने कुल क्षेत्रफल ६८ हजार रहेकोमा अहिलेसम्म ६१ हजार २ सय हेक्टर अर्थात (९० प्रतिशत) धान रोपाइँ भइसकेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यसरी मधेश प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रफल ४ लाख १ हजार ६ सय ५० हेक्टर रहेकोमा हाल सम्म ३ लाख ३१ हजार ६ सय ९०.७ हेक्टर(८२ दमहलव ५८ प्रतिशत) धान रोपाइँ भइसकेको कृषि विकास निर्देशनालयले जनाएको छ । यस वर्ष समयमा पानी नहुँदा धान ढिलाइ भएको निर्देशनालयका सुचना अधिकारी रामकलेश साहले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News