अपडेट 
२०८० भाद्र ७, बिहीबार ०७:४५

जनकपुरधामका साधु सन्तले गाई र गोरुको हत्या गर्नेलाई कानुन बमोजिम कडा कारवाही नगरिए आफूहरु चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

तुलसीदास जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित तुलसी जयन्ती समारोहमा साधुसन्तले नेपाल अझै पनि संख्याको हिसावले सनातन हिन्दुहरुको देश भएकाले अन्याय सहेर नबस्ने बताए । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले नेपालको विभिन्न ठाँउमा हिन्दु धर्मप्रतिको ठाडो हस्तक्षेप स्वरुप गाईगोरुको हत्या भइरहेकाले त्यसका अपराधीहरुलाई कानुनी कारबाहीको लागि माग गरे । तुलसी दासको जन्मजयन्तीको अवसरमा तुलसी स्मारक मन्दिरमा विशेष पुजापाठ, झाँकी, भजन किर्तन भइरहेको छ भने मन्दिरको नयाँ भवनको समेत उद्घाटन गरिएको छ । मन्दिरबाट झाँकी बैण्डपार्टी सहित साधुसन्तहरुले शोभायात्रा निकाल्दै सनातन हिन्दुधर्मको जय र जय सियारामको नारा लगाएका थिए ।

Comment


Related News

Latest News

Trending News