अपडेट 
२०८० भाद्र ७, बिहीबार ०७:५१

नेपाल भारतको सीमामा खटिएका सुरक्षाकर्मीको व्यवहारका कारण जनतालाई बढी समस्या हुने गरेको छ । बोर्डरदेखि नै सुरक्षाकर्मीले टर्चर गरेको स्थानीयवासीहरुको गुनासो छ ।पहिला भारतीयहरु गाडी लिएर जनकपुरधाम वा जलेश्वर आउँदा चेकजाँचको नाउँमा नेपाली प्रहरीले समस्या गथ्र्यो भने अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले समस्या गरिरहेकोामा केही वर्षदेखि भारतीय एसएसबीले पनि गर्न थालेका छन् ।

जोडले कराएर बोल्ने, होच्याउने प्रवृति नै एसएसवीको देखिएको छ । एसएसवीको यो व्यवहारका कारण कतिले सीमा क्षेत्रमा आउनजान छोडिदिएका छन् । धनुषाको जटही सीमामा सबैभन्दा बढी एसएसवीले समस्या गर्ने गरेको देखिएको छ । विहेको बेला चेकजाँचको नाउँमा जन्तीहरुलाई गाडीवाट तलसम्म ओलार्ने गर्नेको गुनासो अधिक पाइएको छ । बेहुलासम्मलाई मानसिक टर्चर गर्ने गरेको पीडितहरु वताउँछन् । सीमामा खटिएका सुरक्षाकर्मीका कारण पर्यटन क्षेत्र प्रभावित हुँदा पनि तिनीहरु आफ्नो बानी सुधार नगरेको नेपाल उद्योग वाणिज्य मधेश प्रदेशका पूर्व अध्यक्ष शिवशंकर साह ‘हिरा’ ले वताए ।

नेपाल र भारत बीचको खुल्ला अन्तर्राष्ट्रीय सीमा रहेको छ । १७५१ कि.मी. लामो रहेको जसमा हिमालयी भूभाग एवं सिन्धु–गंगा मैदान सम्मिलित छन् । वर्तमान समयमा दुबै देशबीच जुन सीमा रहेको छ त्यसको निर्धारण भारतमा बेलायती राजको समय ई.१८१६ मा सुगौली सन्धिको द्वारा गरिएको थियो । १९४७ मा भारत स्वतन्त्र भएपछि यही सीमा दुबै देशको बीचको सीमान्त कायम गरिएको थियो। नेपालको बिहारसँग करिब ६०१ किलोमीटर सीमा सटेको छ भने उत्तर प्रदेशको कÞिरब ६५१ किलोमीटर रहेको छ । नेपालको सीमा भारतको उत्तराखण्ड, सिक्किम र पश्चिम बंगाल राज्यसँग पनि रहेको छ । सीमामा नेपालतर्फ सशस्त्र प्रहरीले र भारततर्फ एसएसवीले सुरक्षा दिने गरेको छ । दुबैतर्फका हजारौं व्यक्ति पहिलादेखि नै सहजरुपमा आवतजाबत गर्ने गर्थे तर सुरक्षाकर्मीहरुको समस्याका कारण दुबै देशको सम्बन्धमा पनि असर परिरहेको छ ।

कतिजना नेपाल घुम्न आउँछन् त्यही रुपमा भारत घुम्ने नेपालीको संख्या पनि कम छैन् । भारत जाने नेपालीहरु त्यहाँका मठमन्दिरमा पूजा गर्न, पढ्नका साथै स्वास्थ्य उपचारका लागि पनि जाने गरेका छन् । यो सम्बन्धलाई प्रतिकूल असर दुबै देशका सुरक्षाकर्मीले पारिरहेको आरोप नेपाल भारत खुल्ला सीमा सम्बाद समूहका अध्यक्ष राजीव झाको रहेको छ । केही व्यक्ति वा संस्था दुबै देशका जनताबीच सम्बन्ध सुधारमा लागेका छन् भने केही बिगार्नमा लागेका छन् । दुबै देशबीचको बेटीरोटीको सम्बन्ध कुनै पानि हालतमा नबिग्रिने झाको विश्वास छ । दुबै देशको सरकारले यो समस्यालाई गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ छ । भारतीय गाडी हेर्ने वितिकै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी असामी जस्तो बुझ्न थाल्छन् । कुनै न कुनै बहाना बनाएर पैसा लिने गरेको देखिएको छ ।

दुई दिनका लागि जनकपुरधाम आउनेहरु यसैका कारण एकदिनमै भारत फर्किने गरेको बताइन्छ । सीमामा कडाइको प्रभाव दुबैतर्फको विहेवारीमा समेत पर्न थालेको छ । विद्यापति सेवा संस्थान दरभंगा विहारका महासचिव वैद्यनाथ चौधरी ‘वैजुबाबू’ले पहिले १०० जनाको दुबै तर्फ विहे हुने गथ्र्यो भने अहिले त्यो १० जनामा झरेको वताए । बेटीर ोटीको सम्बन्ध विगार्ने षड्यन्त्र भइरहेको उनको कथन छ । भारतीय महावाणिज्य दूतावासका अधिकारीहरु प्रत्येक महिना जनकपुरधाम आउने गर्छन्, मेयर लगायतले दिनदिनै चुनरी ओढाएर सम्मान गर्ने गर्छन्, तर कसैले सीमाको समस्या राख्न चाहँदैनन् ।

केहीदिन अघि नेपाली गाडीलाई भारतमा जान पूर्णरुपमा रोक लगाइएको थियो तर दुबैतर्फका जनदबाबका कारण सो रोकलाई फिर्ता लिइएको छ । तर सुरक्षाकर्मीको लापरवाहीका कारण जनतालाई समस्या दिने कार्य कुनै न कुनै रुपमा कायमै रहेको छ ।

Comment


Related News

Latest News

Trending News