२०८० भाद्र ७, बिहीबार १४:५८

संसदीय समितिको नेतृत्व निर्वाचनबाट हुने भएको छ । सहमतिबाटै नेतृत्व चयनका लागि सभामुख देवराज घिमिरेले पटक पटक दलहरूलाई आग्रह गर्दै आएका थिए ।

सभामुखले नेतृत्व चयनको लागि भदौ ११ गते १ बजेको समय निर्धारण गरेका हुन् ।

बिहीबार भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । यसको निम्ति भदौ १० गतेदेखि नै प्रक्रिया प्रारम्भ हुने नेकपा ९एमाले० का सचेतक महेश बर्तौलाले जानकारी दिए । यसको निम्ति आजै सूचना प्रकाशित हुने उनले बताए ।

बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हीतराज पाण्डे, एमाले सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।

यसअघि सत्ता र प्रमुख प्रतिपक्षी दलबीच कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्ने सहमति भएको थियो।

वैशाख दोस्रो साता समिति गठन भएको थियो ।

Comment

Related News

Latest News

Trending News